आईपीएल सुरु हुनुअघि जयपुर रंगशालामा तालाबन्दी
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन सुरु हुन एक महिनाभन्दा कम समय बाँकी रहँदा राजस्थान खेलकुद परिषद्ले राजस्थानको जयपुरस्थित सवाई मान सिंह क्रिकेट रंगशालामा ताला लगाएको छ ।
आगामी मार्च २२ तारिखमा सुरु हुने आईपीएलका केही खेल उक्त रंगशालामा पनि खेलाइने कार्यक्रम रहेको छ । राज्य क्रिकेटको नेतृत्वदायी निकायले बुझाउनु पर्ने बक्यौता भुक्तानी नगरेको र अन्य दायित्व पनि पुरा नगरेको भन्दै परिषद्ले रंगशालामा ताला लगाएको हो ।
राजस्थान खेलकुद परिषद्ले रंगशालासँगै राजस्थान क्रिकेट एसोसिएसनको कार्यालय र एकेडेमीमा पनि ताला लगाएको छ । यसअघि राजस्थान खेलकुद परिषद्का सदस्यसचिव सोहनराम चौधरीले राज्य क्रिकेट संघलाई बक्यौता भुक्तानी गर्न र अन्य दायित्व पुरा गर्ने भन्दै पत्र पनि पठाएका थिए ।
तर, लामो समयसम्म राज्य क्रिकेट संघबाट कुनै जवाफ नआएपछि तालाबन्दी गरिएको समाचारमा जनाइएको छ । ‘हामीले परिषद्को तर्फबाट राज्य क्रिकेट संघलाई निकैपटक पत्राचार गरेका थियौँ तर उताबाट कुनै जवाफ नआएपछि बाध्य भएर ताला लगाउनु परेको हो,’ सदस्यसचिव चौधरीले भनेका छन् ।
सवाई मान सिंह रंगशाला आईपीएल क्लब राजस्थान रोयल्सको घरेलु मैदान पनि हो । त्यो रंगशालामा आगामी मार्च २४ तारिखमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्ससँग आफ्नो पहिलो खेल खेल्ने कार्यक्रम रहेको छ । सोही रंगशालामा मार्च २८ तारिखमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण