शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको मेरिल्यान्डमा शिवको मूर्ति स्थापना

सोमबार, २८ फागुन २०८०, ०७ : २६
सोमबार, २८ फागुन २०८०

मेरिल्यान्ड । अमेरिकाको मेरिल्यान्डस्थित पशुपति बुद्ध मन्दिर जर्मनटाउन सहरमा शिवको विशाल प्रतिमाको स्थापना गर्दै प्राण प्रतिष्ठा भव्यताको साथ सम्पन्न गरिएको छ । गत मार्च ८ शुक्रबार महाशिवरात्रिको पावन अवसरमा १० फिट उचाइ भएको शिवको मूर्ति ,बसाहा र त्रिशूल सहितलाई स्थापना गरिएको हो ।

SHIVA 3

नेपाली समुदायद्वारा अमेरिकाको विभिन्न राज्य र सहरहरूमा स्थापना गरिएका मन्दिरहरूमा स्थापना गरिएका देवी देवताका प्रतिमाहरूमध्ये यो सबैभन्दा ठुलो प्रतिमा भएको बताइएको छ । सन् २०१७ मा ठुलो बुद्धको मूर्ति यही मन्दिरको अर्को स्थान वेल्सभिलमा स्थापना गरिएको थियो भने हाल उक्त मूर्ति पनि जर्मनटाउन मै सारिएको छ ।

SHIVA 2

यो विशाल मूर्ति दीपक श्रेष्ठ ,सुनिल श्रेष्ठ , नानी मैया श्रेष्ठ तथा उनीहरूकै सबै सम्पूर्ण परिवारहरूले पशुपति बुद्ध मन्दिरलाई प्रदान गरेका हुन् । श्री पशुपति बुद्ध मन्दिरमा १२ बजे पछि रुद्री अभिषेक र प्राण प्रतिष्ठा सम्पन्न गरिएको थियो। साथै महाशिवरात्रिको कार्यक्रम अन्तर्गत ५ देखि ६:३० सम्म सङ्कल्प पूजा र ६ बजे शिव धुनी गरिएको थियो ।

SHIVA 7

त्यस्तै ६:३० देखि ७:३० सम्म शिव भजन तथा कीर्तनको आयोजना गरियो । मन्दिरका पण्डित गोविन्द अधिकारीले सबै पूजा अर्चना, प्राण प्रतिष्ठा ,रुद्री अभिषेक र सङ्कल्प पूजा गराएका थिए । दिउँसोदेखि मन्दिरमा घुइँचो लागेको थियो भने १२ बजे देखि राती सम्म करिब १ हजार मानिसहरूले शिवको प्रतिमा दर्शन गर्नुका साथै शिवधुनीमा सहभागिता जनाएका थिए ।

SHIVA 5

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र ( एनईसीसी)का अध्यक्ष डा प्रज्ज्वल रेग्मीले शिव मूर्तिका दाता लगायत सम्पूर्ण समुदायलाई मन्दिरको उन्नति र प्रगतिमा साथ सहयोग गर्नु हुने नेपाली समुदायलाई विशेष रूपमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप