प्रदेश सिट बाँडफाँट निष्कर्षमा पुगेको छैन : उपमहासचिव ज्ञवाली
काठमाडौँ । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चैत २२ गतेभित्र प्रदेशको सिट बाँडफाँट टुङ्गो लगाउने बताएका छन् । उनले सिट बाँडफाँटमा गठबन्धनका शीर्ष नेताहरूबिच छलफल भइरहेको भएपनि निष्कर्षमा नपुगेको जानकारी दिए ।
‘फाइनल भइसेको छैन । नेताहरूले छलफल गरिरहनुभएको छ । २२/२३ गतेसम्म प्रायः सबै ठाउँमा मुख्यमन्त्रीले विश्वासको मत लिने समय छ । त्योभन्दा अगाडि नै हामीले टुंग्याउँछौँ । सबै टुंगिएको छैन । छिट्टै टुंग्याउँछौँ । सबै प्याकेजमै टुंग्याउँछौँ ’, बिहीबार रातोपाटीसँग उनले भने ।
यस्तै ज्ञवालीले कोशीमा संविधानको धारा १६८(५) बमोजिम सरकार गठन भएपनि संवैधानिक सङ्कट नआउने दाबी गरे । संवैधानिक सङ्कटबारे मुख्यमन्त्री केदार कार्कीले गलत व्याख्या गरेको उनको तर्क छ । उनले विकल्प रहेसम्म सरकार गठन हुन सक्ने सम्बन्धमा सर्वोच्च अदालतले नै व्याख्या गरेको उनले बताए ।
‘कोशीमा संवैधानिक सङ्कट आउने स्थिति छैन । २०७८ असार २८ मा सर्वोच्च अदालतले जारी गरेको परमादेशले सरकार बन्ने विकल्प भएसम्म पार्लियामेन्ट विघटन हुँदैन भनेर व्याख्या गरेको छ । त्यसैले सरकार बन्ने विकल्प जत्तिपनि छ । यद्यपि संविधानको स्पिरिड एउटा थियो तर उहाँहरूले व्याख्या अर्कै गर्नुभयो । जेभएपनि अदालतको फैसला आधिकारिक हुन्छ’, उनले भने ।
यस्तै उपनिर्वाचनमा इलाम र बझाङ दुवै निर्वाचन क्षेत्रमा एमालेको उम्मेदवारी कायमै राख्ने बताए । आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गर्ने नभए स्वस्थ प्रतिस्पर्धा गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण