सबै दल परीक्षामा छौँ, राम्रो गर्न नसके जनताले दण्ड दिन्छन् : मधुसूदन पौडेल
काठमाडौँ । एमाले बागमती प्रदेशसभा सदस्य मधुसूदन पौडेलले सबै दल परीक्षामा रहेको बताएका छन् । सोमबार बागमती प्रदेशको राजधानी हेटौँडामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राखेको विश्वासको मतको समर्थन गर्दै उनले यो समीकरणले जनताका आवश्यकता पुरा गर्ने जिकिर गरे ।
उनले सङ्घमा सरकार फेरबदल भएसँगै प्रदेश सरकार फेरबदल हुनुपर्छ कि पर्दैन भन्ने कुरा बहसको विषय भएको उनको भनाइ छ । सही रूपमा जनताको काम गर्न नसके अर्को निर्वाचनमा दण्ड सजाय दिने पौडेलले बताए । उनले एमालेलाई प्रतिपक्षमा बस्न जनताले मात दिए पनि परिस्थितिले सरकारमा आउन बाध्य बनाएको उनले तर्क गरे ।
‘एमालेलाई प्रतिपक्षमा बस्न पठाएको हो । तर परिस्थितिले फेरि सरकारमा जानुपर्ने बाध्यता आइलाग्यो । विगतमा बजेट व्यवस्थापनमा समस्या थिए’, उनले भने, ‘हामी सबै परीक्षाको घडीमा छौँ । जनताले कसले कति राम्रो काम गरेको हेरिरहेका छन् । यो समीकरणले जनतालाई सही तरिकाले डेलिभरी गर्छ ।’
पौडेलले विगतमा बजेट व्यवस्थापनमा समस्या रहेको भन्दै आफ्नो दलबाट अर्थमन्त्री भएसँगै अर्थतन्त्रमा सुधार आएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण