सबै दल परीक्षामा छौँ, राम्रो गर्न नसके जनताले दण्ड दिन्छन् : मधुसूदन पौडेल

काठमाडौँ । एमाले बागमती प्रदेशसभा सदस्य मधुसूदन पौडेलले सबै दल परीक्षामा रहेको बताएका छन् । सोमबार बागमती प्रदेशको राजधानी हेटौँडामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राखेको विश्वासको मतको समर्थन गर्दै उनले यो समीकरणले जनताका आवश्यकता पुरा गर्ने जिकिर गरे ।
उनले सङ्घमा सरकार फेरबदल भएसँगै प्रदेश सरकार फेरबदल हुनुपर्छ कि पर्दैन भन्ने कुरा बहसको विषय भएको उनको भनाइ छ । सही रूपमा जनताको काम गर्न नसके अर्को निर्वाचनमा दण्ड सजाय दिने पौडेलले बताए । उनले एमालेलाई प्रतिपक्षमा बस्न जनताले मात दिए पनि परिस्थितिले सरकारमा आउन बाध्य बनाएको उनले तर्क गरे ।
‘एमालेलाई प्रतिपक्षमा बस्न पठाएको हो । तर परिस्थितिले फेरि सरकारमा जानुपर्ने बाध्यता आइलाग्यो । विगतमा बजेट व्यवस्थापनमा समस्या थिए’, उनले भने, ‘हामी सबै परीक्षाको घडीमा छौँ । जनताले कसले कति राम्रो काम गरेको हेरिरहेका छन् । यो समीकरणले जनतालाई सही तरिकाले डेलिभरी गर्छ ।’
पौडेलले विगतमा बजेट व्यवस्थापनमा समस्या रहेको भन्दै आफ्नो दलबाट अर्थमन्त्री भएसँगै अर्थतन्त्रमा सुधार आएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा
-
एक वर्षपछि शान्ति श्री र खेमबिच सहकार्य
-
घुम्टोमा घण्टाघर : मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
-
सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण: राष्ट्रपति
-
शुक्रबार रिलिज हुने ‘के घर के डेरा : घर नं २’ले कति पायो शो ?
-
बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग