मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

लुम्बिनी प्रदेश प्रमुखले शुक्रबार सरकार गठनका लागि आह्वान गर्ने

बिहीबार, २२ चैत २०८०, २१ : २२
बिहीबार, २२ चैत २०८०

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शुक्रबार दलहरूलाई सरकार गठनका लागि आह्वान गर्ने भएका छन्। संविधानअनुसार प्रदेश प्रमुख शेरचनले शुक्रबार बिहान सरकार गठनका लागि आह्वान गर्ने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको  छ। 

प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नासाथ बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने नियम रहेको छ। लुम्बिनीमा  मुख्यमन्त्री  डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गर्न थालिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप