मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

लुम्बिनीमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ लिँदै

आइतबार, २५ चैत २०८०, १३ : ५७
आइतबार, २५ चैत २०८०

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले तीन जना मन्त्री नियुक्त गर्ने भएका छन् । मुख्यमन्त्री महराले माओवादीबाट दिपेन्द्र पुन, एमालेबाट चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिरलाई विनाविभागीय मन्त्री नियुक्त गर्ने भएका हुन् ।

प्रदेश प्रमुखको कार्यलयमा अहिले  मन्त्रीहरुलाई नियुक्तिपत्र दिने तयारी भइरहेको छ। लुम्बिनीमा चैत २३ गते महरा ५ दलका ४८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्ति भएका थिए ।

मुख्यमन्त्री महरासहित मन्त्रीहरुले आजै शपथग्रहण गर्ने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप