सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, २५ चैत २०८०, २१ : ४१
आइतबार, २५ चैत २०८०

आज मिति २०८० साल चैत महिनाको २५ गते आइतबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित हामी रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर आएका छौँ–

  • लुम्बिनी प्रदेश सरकार

लुम्बिनी  प्रदेशका नवनियुक्त मुख्य मन्त्री जोखबहादुर महराले शपथ लिएका छन् । शनिबार नियुक्त भएका महराले आइतबार प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । माओवादी केन्द्रका महरा सत्ता साझेदार दलको समर्थनमा मुख्यमन्त्री बने ।

  • गण्डकी प्रदेश सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तमाथि संवैधानिक प्रश्न उठेको छ । सभामुखलाई समेत जोडेर संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गरेपछि अधिकारीको नियुक्तमाथि संवैधानिक प्रश्न उठेको हो ।

  • श्रम स्वीकृति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने सबै कागजात पेस गरिसकेको २ मिनेट ४४ सेकेन्डभित्र पाइने बताएको हो । तर, सरकारले भने एक घण्टाभित्रको समयावधि तोकेर सेवा प्रवाह थालेको छ । 

  • बस्नेतविरुद्ध फौजदारी कसुर

नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी  दर्ता भएको हो ।

  • उपनिर्वाचन

आगामी वैशाख १५ गते उपनिर्वाचनका लागि उम्मेदवारि दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । 

  • जिल्ला न्यायाधीश

जिल्ला न्यायाधीशका लागि ४० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने कानुनी व्यवस्था गर्न सांसदहरू सहमत भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय र मानवअधिकार समितिको बैठकमा सांसदहरूले सहमति जनाएका हुन् ।

  • कार्यकक्षमै यौन हिंसा

मोरङ कानेपोखरी गाउँपालिका शिक्षा शाखा प्रमुखले एक महिला शिक्षिकालाई सरुवा मिलाउन सेक्स प्रस्ताव गरेको म्यासेज सार्वजनिक भयो । एक महिला शिक्षिकालाई भनेको ठाउँमा सरुवा मिलाउन सेक्सका साथै ‘अर्को थोक’ पनि मिलाउनु पर्ने उल्लेख गर्दै शिक्षा शाखा प्रमुखले म्यासेज गरेका थिए ।

  • सम्पत्ति शुद्धीकरण

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका छन् ।

  • सङ्घीयतामाथि प्रहार

सिंहदरबारको सत्ता जोगाउन सङ्घीयताको मर्म र भावना विपरीत प्रदेशले झेल्नुपरेको अनावश्यक झमेलाप्रतिको आक्रोशका रूपमा विश्लेषण गर्न पनि सकिन्छ ।

  • लुम्बिनी प्रदेश सरकार

चालू आर्थिक वर्ष २०८०-८१ को ८ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार तथ्याङ्क ऋणात्मक छ । साउनदेखि फागुन महिनासम्मको अवधिमा आयात २.६६ प्रतिशतले र निर्यात ३.९९ प्रतिशतले घटेको छ । तथ्यांकअनुसार ८ महिनाको अवधिमा १० खर्ब ३० अर्ब रुपैयाँको आयात हुँदा १ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप