सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, २७ चैत २०८०, २१ : ५४
मङ्गलबार, २७ चैत २०८०

आज २०८० चैत २७ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • राप्रपा प्रदर्शन

राप्रपाको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । काठमाडौँको भद्रकालीबाट प्रदर्शनकारी सिंहदरबारतर्फ अघि बढ्न खोज्दा झडप भएको हो । प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रण गर्न बल प्रयोग गरेको जनाएको छ । त्यसक्रममा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो ।

  • ड्रपआउटको विकराल अवस्था

बालबालिकाहरू विद्यालय नजाने एउटा समस्या छ भने त्यो भन्दा विकराल समस्याका रुपमा बिचमै विद्यालय छाड्ने समस्या देखिएको छ । कक्षा १ मा भर्ना भएको विद्यार्थी १० वर्षपछि कक्षा १० मा पुग्दा आधा भन्दा बढीले घट्ने तथ्याङ्कले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार २०७१ सालमा कक्षा १ मा भर्ना भएका विद्यार्थी २०८० मा ५० प्रतिशतभन्दा कम देखिएका छन् ।

  • के हो राजेन्द्र महतोको शक्ति ?

मधेस राजनीतिबाट उदाएका राजेन्द्र महतोले यतिखेर राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर मधेसदेखि पहाडसम्म ‘क्रान्ति’ को पाइला बढाएका छन् । एक समय थियो राजेन्द्र महतोलाई पहाडविरोधी भन्थे । पहाडमा महतोको नाम सुन्न चाहँदैनथे । मधेस आन्दोलनको क्रममा पहाडी क्षेत्रबाट सबभन्दा बढी आलोचना पर्ने महतो नै थिए । महतो यतिसम्म मधेस केन्द्रित भएका थिए आफ्नो तत्कालीन सद्भावना पार्टीको केन्द्रीय कार्यालय पनि पर्सा सारेका थिए । 

  • संसद् बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ताधारी दलहरूबिचको किचलोका कारण संसदीय गतिविधि प्रभावित भएको छ । मङ्गलबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठक दलहरूको किचलोका कारण स्थगित भयो ।

  • बालुवाटार बैठक

गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारीको रकम अपचलन प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान नछाडेपछि मंगलबार बिहान गरिएको सहमतिको प्रयास विफल बनेको छ ।

  • राजश्व संकलन

 भन्सार विन्दुमा करोडौँ मूल्य बराबरको गाडी थुप्रिएको छ । गाडी आयातकर्ता व्यवसायीहरूले समयमै सवारी जाँचपास गर्न नसक्दा ३०–४० लाखदेखि करोड रुपैयाँभन्दा बढीका दुई हजारभन्दा धेरै गाडी भन्सार विन्दुमा थुप्रिन पुगेका हुन् ।

  • राप्रपा प्रदर्शन

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

  • ईखले सगरमाथाको चुचुरोमा

‘अझै कति समय लाग्छ, चुचुरोमा पुग्न ?’ सगरमाथा बेस क्याम्पदेखि तीन दिनसम्म हिउँमाथि हिँडेर थाकेकी निमा ल्हामु शेर्पाले आफ्ना माहिलादाइ पेम्बालाई सोधिन् । पेम्बाले भने, ‘यही त हो, सगरमाथाको चुचुरो ।’

  • भ्रष्टाचार काण्ड

मुख्य सचिव डा. बैकुण्ठ अर्याल भ्रष्टाचारको कसुरमा स्वाभाविक छानबिनमा छन् । सञ्चार मन्त्रालयको सचिव हुँदा सेक्युरिटी प्रिन्टिङ खरिदमा निर्णय लिँदा अर्यालले ठुलै लाभ लिएको आरोप छ ।

  • सानालाई ऐन, ठुलालाई चैन

हातहतियार सहित वन्यजन्तु चोरी सिकारी घटनामा पर्सा राष्ट्रिय निकुञ्जले २ जना प्रदेश सांसद र गाउँपालिका पूर्वअध्यक्षलाई सफाइ दिएको छ भने अन्य प्रतिवादीलाई कैद तथा जरिवानाको सजाय तोकेको छ । निकुञ्जको फैसलाले ‘सानालाई ऐन, ठुलालाई चैन’ उक्ति चरितार्थ गरेको स्थानीयवासी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप