लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । शुक्रबार महराले लुम्बिनी प्रदेशसभाबाट विश्वासको मत मागेका हुन् । योग्य देखेर नै आफूलाई मुख्यमन्त्री बनाएको भन्दै उनले वार्षिक क्यालेण्डर बनाएर विकासका योजना तर्जुमा गर्ने बताए । यस्तै दलहरूको सहमितमा छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने बताए ।
‘मलाई योग्य देखेर नै मुख्यमन्त्रीको जिम्मेवारी दिएको अनुभूति गरेको छु । सहयात्री दलहरूको सहमतिमा छिट्टै मन्त्रिपरिषद विस्तार गर्छौं । मुख्यमन्त्रीको हैसियतमा लुम्बिनीको विकासका लागि म नभइ हामीबाट प्रेरित भएर काम गर्छु । त्यसका लागि वार्षिक क्यालेण्डर बनाएर अगाडि बढ्छौं’, उनले भने ।
विश्वासको मत माग्दै उनले सबैसँग हातेमालो गरेर आफू अगाडि बढ्न चाहेको बताए । महरा एमाले, माओवादी केन्द्र, नाउपा, जसपा, एकीकृत समाजावादी दलको समर्थनमा चैत १३ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत