मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
२०८० फर्केर हेर्दा

यी सेलिब्रेटी, जसले २०८० मा कसे लगनगाँठो

मङ्गलबार, ०४ वैशाख २०८१, १२ : ०५
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । नेपाली कला क्षेत्रका सेलिब्रेटीको प्रेम, डिभोर्सदेखि विवाहको वर्षको रूपमा पनि गत वर्ष अर्थात् २०८० हेर्न सकिन्छ । गत वर्ष केही सेलिब्रेटीले आफ्नो प्रेम स्वीकार गर्दै प्रेमी सार्वजनिक गरे भने केहीको ब्रेकअपको खबर पनि बाहिर आयो । 

केही सेलिब्रेटीका डिभोर्स समाचारले मिडिया तातेको वर्ष थुप्रै कलाकारले लगनगाँठो कसे । वर्ष २०८० मा को–को सेलिब्रेटीले कसे त लगनगाँठो ? हेरौँः

  • शृङ्खला खतिवडा (पूर्वमिस नेपाल) :

shrinkala

पूर्व मिस नेपाल शृङ्खला खतिवडाले गत मङ्सिरमा सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी थिन् । होटल हायातमा एक भव्य समारोहबिच दुवैले केही समयको प्रेम विवाहमा परिणत गरेका थिए । विवाहमा पूर्व मिस नेपालहरूको अलावा दुवै तर्फका नजिकका आफन्त, साथीभाइलगायत सहभागी थिए ।

  • गौरव पहरी (अभिनेता) :

gaurab_

अभिनेता गौरव पहरीले प्रेमिका श्रेयानी खतिवडासँग गत माघमा लगनगाँठो कसेका छन् । केही वर्षको प्रेमपछि विवाह गरेका गौरव र श्रेयानीको विवाह समारोह होटल  ¥याडिसनमा आयोजित भएको थियो । परिवार र निकट साथीहरूको उपस्थिति विवाहमा थियो । गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’,‘साइँली’,‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । 

  • नन्दिता केसी (अभिनेत्री) :

nandita

अभिनेत्री नन्दिता केसीले प्रेमी अरविन्द्र कटवालसँग गत फागुनमा लगनगाँठो कसेकी हुन् । नन्दिता र अरविन्द्रको विवाह समारोह काठमाडौँको एक होलटमा आयोजना भएको थियो । लामो समयदेखि अभिनयबाट टाढा रहेर अमेरिका बस्दै आएकी केसीले अरविन्द्रसँग मागि विवाह गरेकी हुन् । विवाह समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायत निम्त्याइएको थियो । करिब ३ दर्जन फिल्म अभिनयपछि नन्दिता बिदेसिएकी थिइन् ।

  • कोसिस क्षेत्री (गायक तथा अभिनेता) :

koshis1707035113

अभिनेता तथा गायक कोसिस क्षेत्रीले हेटौँडा निवासी सन्ध्या ढुङ्गानासँग गत माघमा विवाह गरेका छन् । सन्ध्यासँग इन्गेजमेन्ट गरेको एकपछि पछि उनले लगनगाँठो कसेका हुन् । विवाहमा  पारिवारिक व्यक्तिहरूको उपस्थिति थियो । उनीहरूले  आठ वर्ष लामो प्रेमसम्बन्ध विवाहमा परिणत गरेका हुन् । सन्ध्याले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन्, भने कोसिस गायन हुँदै अभिनयमा पनि सक्रिय छन् । 

  • दीपशिखा खड्का (अभिनेत्री):

अभिनेत्री दीपशिखा खड्काले प्रेमी अमनजंग बस्न्यातसँग गत मङ्सिरमा परम्परागत विवाह गरेकी हुन् । यस अगाडि उनको र अमनजंगको कोर्ट म्यारिज भएको थियो । मुलपानीस्थित हेभेन पार्टी प्यालेसमा आयोजना भएको विवाह समारोहमा कलाकार, रंगपत्रकार र उनका पारिवारिक सदस्यको उपस्थिति थियो । बस्न्यात कतार एयरलाइन्समा कार्यरत छन् । खड्काले भने केही अगाडि ‘प्रेमलिला’ नामको फिल्म निर्माण गरेकी थिइन् । उनले ‘श्रीदेवी’ नामको फिल्म बनाउने घोषण गरेकी छन् ।

Dipshikha-Khadka1

निकेश खड्का (निर्देशक) : फिल्म निर्देशक निकेश खड्काले  पनि गत मंसिरमै प्रेमिका अन्विशा खड्गीसँग विवाह गरेका हुन् । उनीहरूको विवाह बत्तीसपुतलीस्थित राम मन्दिरमा भएको थियो । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका हुन् । रातोपुल घर भएकी अन्विशा विद्यार्थी हुन्, उनी फिल्म अध्ययन गरिरहेकी छन् । निकेशले ‘जिन्दगी रक्स’, ‘फाटेको जुत्ता’, ‘चपलीहाइट ३’ फिल्म निर्देशन गरेका छन् ।

  • निरुता सिंह (अभिनेत्री) : 

niruta

कलाकार निरुता सिंहले गत भदौमा मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन् । सञ्जीवसँग भारतमै विवाह गरेकी उनले सामाजिक संजालबाट विवाह सार्वजनिक गरेकी थिइन् ।

  • सहारा कार्की (अभिनेता) :

Sahara-Karki

फिल्म ‘दर्पण छाया २’ की अभिनेत्री सहारा कार्की र अभिनेता फिरोज तिमल्सिनाले गत भदौमा लगनगाँठो कसेका थिए । हाल अमेरिका रहेका उनीहरूले अमेरिकामै विवाह गरेका हुन् । करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका हुन् । फिल्म अभिनय सिलसिलामा उनीहरूबिच टुसाएको थियो ।

  • शिवाना श्रेष्ठ (गायिका) :

jayveer-bihe

गायिका शिवाना श्रेष्ठले गत माघमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवासँग विवाह गरेकी हुन् । शिवाना र जयवीरले लामो समयदेखिको प्रेम सम्बन्ध विवाहमा परिणत गरेका थिए । विवाहपछि आर्मी अफिसर्स क्लबमा पार्टी दिइएको थियो । जहाँ राष्ट्रिपति, प्रधानमन्त्री, दलका नेता, उद्योगी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तिहरूको जमघट थियो ।

  • रमेश बिजी (गायक) :

ramsh bg

लोकदोहोरी गायक, सर्जक तथा लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष रमेश बिजीले गत जेठमा शर्मिला श्रेष्ठसँग विवाह गरेका छन् । स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग उनले केही वर्षको प्रेम विवाहमा परिणत गरेका थिए । सुटुक्क विवाह गरेका बिजीले विवाह सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । बिजी पछिल्लो समय अस्ट्रेलिया रहँदै आएका छन् ।

  • रियाशा दाहाल (मोडल) : 

riyashadahaaldaa

मोडल तथा कलाकार रियाशा दाहालले ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलसँग गत वैशाखमा लगनगाँठो कसेकी थिइन् । तीन वर्षदेखिको प्रेम उनीहरूले विवाहमा परिणत गरेका हुन् । भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा उनीहरूको विवाह समारोह आयोजना भएको थियो । जसमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह पनि सहभागी थिए । रियशाले म्युजिक भिडियोका अलावा थुप्रै सिरियल पनि अभिनय गरेकी छन् ।

  • सुमी मोक्तान (अभिनेत्री) :

sumi-moktan

अभिनेत्री तथा मोडल सुमी मोक्तानले गत वैशाखमा प्रेमी विवेक रावलसँग विवाह गरेकी हुन् । काठमाडौँको सोल्टी होटलबाट उनीहरूको विवाह समारोह आयोजना भएको थियो । ३ वर्षदेखिको रिलेसनसीपलाई उनीहरूले विवाहमा परिणत गरेका थिए ।

  • विक्की अग्रवाल (कमेडियन) :

bikky

कमेडियन विक्की अग्रवाल र कलाकार श्रद्धा प्रसाईँले गत वैशाखमा विवाह गरेका हुन् । उनीहरूको विवाह समारोह त्रिभुवन आर्मी क्लबमा आयोजना भएको थियो । २०७९ मङ्सिरमा इन्गेजमेन्ट गरेका उनीहरू लामो समयदेखि प्रेममा रहँदै आएका थिए । रियालटी शो ‘कमेडी च्याम्पियन’बाटै यी दुईको प्रेम अंकुराएको थियो । विक्की ‘कमेडी च्याम्पियन सिजन २’का फष्ट रनरअप हुन् भने श्रद्धाले निर्देशकीय पाटो सम्हालेकी थिइन् ।  श्रद्धा ‘दर्पणछाया २’  र ‘प्रेमगीत २’की अभिनेत्री पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप