बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सहकारी प्रकरण

सुप्रिम सहकारी घोटाला प्रकरण : ४ जनाको बयान जारी

बिहीबार, ०६ वैशाख २०८१, १४ : ५३
बिहीबार, ०६ वैशाख २०८१

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेकाहरूको बयान भइरहेको छ । बिहीबार जिल्ला अदालत रुपन्देहीमा ४ जनाको बयान चलिरहेको हो । यसअघि दीपेश पुनसहित ३ जनाको बयान सकिएको थियो । 

जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त राम मरासिनीले न्यायाधीश डा प्रकाश उप्रेतीको इजालालमा बयान चलिरहेको बताए । 

उनका अनुसार उक्त मुद्दा प्रतिवादी बनाएका  २८ जनामध्ये  निता थापा मगर,  दीपक न्यौपाने, रोशनी गुरुङ र नवीन अछामीको बिहीबार बयान लिने काम भइरहेको छ । उनीहरूको बयान सकिएपछि थुनछेक बहस हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप