दीपेश पुन र नवीन अछामी कारागार चलान
काठमाडौँ । अदालतले तोकेको धरौटी नबुझाएपछि पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनलाई कारागार चलन गरिएको छ । जिल्ला अदालतको आदेश अनुसार धरौटी नबुझाएपछि उनलाई थुनामा पठाइएको रुपन्देहीका एसपी रन्जीत सिंह राठौरले रातोपाटीलाई बताए । न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले उनीसँग ४ लाख धरौटी मागेको थियो ।
सुप्रिम सहकारीको निक्षेप हिनामिना प्रकरणमा पक्राउ परेका नवीन अछामीलाई पनि कारागार चलान गरिएको छ । अदालतले मागेको १० लाख धरौटी नबुझाएपछि उनलाई कारागारमा पठाइएको एसपी राठौरले जानकारी दिए ।
सहकारीको रकम अपचलनमा संलग्न फरार प्रतिवादीहरूलाई अदालतले ३५ दिने म्याद जारी गरेको छ । ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित १९ जनालाई पक्राउ पुर्जी (समाह्वान) जारी गर्ने आदेश भएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले रातोपाटीलाई बताए ।
शुक्रबार थुनछेक बहसपछि न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई थुनामा पठाउन आदेश गरेको छ । अदालतले दुर्गा चापागाईं पाण्डे सँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापामगर सँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी मागेको थियो । उनीहरू धरौटी बुझाएर छुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण