शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
नयाँ दिल्ली । गएको वर्ष रिलिज भएको बलिउड स्टार शाहरुख खानको फिल्म जवानले ठुलो शानदार कमाई गर्यो । दर्शकहरूले यसको कथा निकै मन पराए । फिल्मको स्टन्टले दर्शकको मनमा अलग्गै छाप छोडेको थियो ।
यो फिल्मबाट शाहरुखले ब्याक टू ब्याक शानदार पुनरागमन गरे । वर्षको पूर्वाद्र्धमा रिलिज भएको आफ्नै फिल्म पठानको रेकर्ड उनले तोडे । जवान टौरस वर्ल्ड स्टनटन अवार्डमा मनोनीत भएको छ ।
उत्कृष्ट स्टन्टको लागि मनोनयन
टौरस वर्ल्ड स्टन्ट अवार्डमा जवान उत्कृष्ट स्टन्टका लागि छनोट भएको छ । शानदार स्टन्टका लागि फिल्मले फिल्मफेयर अवार्ड २०२४ र जी सिने अवार्ड २०२४ जस्ता अवार्ड समारोहमा पनि अवार्ड जितेको थियो । टौरस वर्ल्ड स्टन्ट अवार्ड स्टन्टको ओस्कार जस्तै हो । जोन विक च्याप्टर ४, मिशनः इम्पोसिबल–डेड रेकनिङ, एक्स्ट्रेक्सन–२ र ब्यालेरिना जस्ता ठूला चलचित्रहरूसँगै जवान पनि यसमा मनोनयन भएको छ । यो फिल्मका लागि अर्काे ठुलो उपलब्धि हो ।
यसबाहेक जवानले दादासाहेब फाल्के अवार्ड पनि जितेको छ । फिल्मलाई दर्शकहरूले निकै मन पराएका थिए । २०२३ मा आईएमडीबीमा यो सबैभन्दा चर्चित भारतीय फिल्मको सूचिमा शीर्ष स्थानमा थियो । फिल्मले बक्स अफिसमा १ हजार १५९ करोड भारुभन्दा बढीको कमाई गरेको थियो ।
जवान रेड चिलीज इन्टरटेनमेन्टको प्रस्तुतिमा एटलीले निर्देशन गरेको फिल्म हो । गौरी खानले निर्माण गरेको यो फिल्मलाई गौरव बर्माले सह–निर्माण गरेका हुन् । फिल्म सेप्टेम्बर ७, २०२३ मा हिन्दी, तमिल र तेलुगु भाषामा विश्वभरका थिएटरमा रिलिज गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण