इन्डोनेशियामा चिसो लाभाको बाढी, ५२ जनाको मृत्यु
मङ्गलबार, ०१ जेठ २०८१, १७ : २४
जर्कार्ता । इन्डोनेसियाको पश्चिमी सुमात्रामा चिसो लाभाका कारण ठुलो जनधनको क्षति भएको छ ।
इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट मेरापीबाट बगेको चिसो लाभाका कारण लाभाको बाढी नै आएको थियो । यसमा बाढीको पानी, माटो, वर्षा सबै मिसिएको थियो । जसका कारण पूरै इलाकामा हाहाकार भएको थियो ।
पश्चिमी सुमात्रामा चिसो लाभाको बाढीका कारण हालसम्म ५२ जनाको मृत्यु भएको छ । मृत्यु भएका धेरैको शव समेत फेला नपरेको बताइएको छ । ३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चिसो लाभाको बाढीले विनाश मच्चाएको छ । जनधनको ठुलो क्षति भएको छ । यस बाढीका कारण करिब २५० घर ध्वस्त भएका छन् । करिब २२५ हेक्टर जमिनमा समेत क्षति पुगेको छ कयौँ सडक र बाँधहरू पनि क्षतिग्रस्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण