इन्डोनेशियामा चिसो लाभाको बाढी, ५२ जनाको मृत्यु
मङ्गलबार, ०१ जेठ २०८१, १७ : २४

जर्कार्ता । इन्डोनेसियाको पश्चिमी सुमात्रामा चिसो लाभाका कारण ठुलो जनधनको क्षति भएको छ ।
इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट मेरापीबाट बगेको चिसो लाभाका कारण लाभाको बाढी नै आएको थियो । यसमा बाढीको पानी, माटो, वर्षा सबै मिसिएको थियो । जसका कारण पूरै इलाकामा हाहाकार भएको थियो ।
पश्चिमी सुमात्रामा चिसो लाभाको बाढीका कारण हालसम्म ५२ जनाको मृत्यु भएको छ । मृत्यु भएका धेरैको शव समेत फेला नपरेको बताइएको छ । ३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चिसो लाभाको बाढीले विनाश मच्चाएको छ । जनधनको ठुलो क्षति भएको छ । यस बाढीका कारण करिब २५० घर ध्वस्त भएका छन् । करिब २२५ हेक्टर जमिनमा समेत क्षति पुगेको छ कयौँ सडक र बाँधहरू पनि क्षतिग्रस्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली