जम्मु बस दुर्घटनामा मर्नेको सङ्ख्या २२ पुग्यो, ६९ जना घाइते
शुक्रबार, १८ जेठ २०८१, १० : ००
जम्मु । भारतको जम्मु–कश्मीरको जम्मुमा बिहीबार भएको सडक दुर्घटनामा मर्नेको सङ्ख्या २२ पुगेको छ । यात्री भरिभराउ रहेको बस जम्म–पूंछ राजमार्गको अखनूरमा पर्ने चूंगी मोडमा भीरबाट खसेको थियो ।
बसमा सवार ६९ यात्री घाइते रहेको बताइएको छ । बसमा ९१ जना सवार थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र केहीलाई जम्मू मेडिकल कलेज (जेएमसी) पठाइएको बताइएको छ ।
उत्तर प्रदेशको नम्बर प्लेट भएको सो बस हरियाणाको कुरुक्षेत्रबाट शिवखोडी धाम जाँदै गर्दा दुर्घटनामा परेको हो । तीव्र गतिमा गुडिरहँदा विपरीत दिशाबाट आइरहेको बसका कारण सन्तुलन गुमाएर बस भीरमा खसेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण