बरु बाघ भालु लैजानुहोस्, चिडियाखाना सार्न दिँदैनौँ : नगरप्रमुख महर्जन
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्यविनायकमा सार्न नदिने प्रस्ट पारेका छन् ।
बुधबार वातावरण दिवसको अवसर पारेर ललितपुरको जावालाखेलमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख महर्जनले महानगरले चिडियाखानाको विकासमा सहकार्य गर्दै आएको र थप गर्ने बताएका हुन् ।
यस्तै, उनले चिडियाखाना भित्र रहेको पोखरीमा पानीको मुहान सुकेको प्रति चिन्ता व्यक्त गरे । उक्त पोखरीको संरक्षण गर्न टिका भैरवबाट पानी ल्याएर पोखरीमा पानी हाल्ने महानगरको योजना टेन्डर प्रक्रियामा पुगेको जानकारी गराउँदै उनले भने, ‘हामीले टेन्डर गरिसकेका छौँ त्यो मूल्याङ्कनको चरणमा छ । हामी टिका भैरवको पानी ल्याउँछौँ र त्यो सप्तपातल पोखरीमा भरिसकेपछि एउटा कुलो बनाएर चिडियाघरको बिचमा रहेको पोखरीमा हामी पानी ल्याउँछौँ भनेको थिए त्यो काम होला होला जस्तो भइरहेको छ ।’
चिडियाखानाको विकासका लागि राम्रो योजना बनाएर ल्याए सहकार्य गर्न महानगर तयार रहेको बताएका महर्जनले चिडियाखाना सूर्यविनायकमा सार्न भने नदिने दाबी गरे । ‘आज हाम्रो मन्त्रीज्यू पनि हुनुहुन्छ मैले यो कुरा भन्नै पर्ने हुन्छ, यो सरदर चिडियाखाना हामी सूर्यविनायकमा सार्न दिँदैनौ । तपाईंहरू अर्कै बनाउनुहोस् यहाँ बढी भएका बाघ, भालु बरु लानुहोस् तर यो ठाउँ चाहिँ हामी सार्न दिँदैनौँ,’ महर्जनले भने ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सन् २०११ मा जावलाखेलमा रहेको सदर चिडियाखाना साँघुरो भएका कारण जीव जनावर राख्नको लागि नयाँ र आधुनिक किसिमको चिडियाखाना निर्माण गर्नुपर्ने आवश्यकता अध्ययन मार्फत औँल्याएको थियो ।
त्यसपछि २०७१ माघ १० गते मन्त्रिपरिषद् बैठकले भक्तपुरको सूर्यविनायकमा चिडियाखाना बनाउने निर्णय गरेको थियो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ३ गते उक्त आयोजनाको शिलन्यास समेत गरिसकेका छन् तर, चिडियाखाना निर्माण योजनाले गति लिन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण