वार्ता गर्न तयार भए चीन र ईयू

बेइजिङ । चीन र युरोपेली सङ्घ (ईयू) ले बर्सेनि अर्बौ डलरको व्यापार गर्ने गरेका छन् । पछिल्लो समय ईयूले चीनबाट आउने विद्युतीय कारमा अतिरिक्त महसुल लगाउने प्रस्ताव गरेपछि चीनले त्यसको प्रतिकार गर्ने र दुई पक्षबिच जस्तालाई त्यस्तै गर्ने व्यवहार बढेर व्यापार युद्ध भड्किने स्थिति उत्पन्न भएको थियो ।
चीनका वाणिज्य मन्त्री वाङ वेन्ताओ र ईयूका व्यापार आयुक्त भाल्दिस डम्ब्रोभ्स्कीसले चीनबाट आयातित विद्युतीय सवारी साधनमा अतिरिक्त महसुल लगाउने ईयूको योजनाबारे वार्ता गर्ने चीनको वाणिज्य मन्त्रालयले शनिबार अबेर बताएको हो । यसको केही घण्टा अगाडि ईयू चीनसँग वार्ता गर्न इच्छुक रहेको र अतिरिक्त महसुल टार्न सकिने जर्मनीका भाइस चान्सलर र आर्थिक मन्त्री रोबर्ट हबेकले बताएका थिए ।
यो महिना युरोपेली आयोगले चीनबाट आयात गर्ने विद्युतीय कारमा अहिलेको विद्यमान १० प्रतिशत करमाथि अर्को ३८ प्रतिशतसम्म अतिरिक्त महशुल थप्ने प्रस्ताव गरेका थिए । चीन सरकार र सरकारी बैंकहरूले स्थानीय विद्युतीय सवारी साधन निर्मातालाई भारी मात्रामा सहुलियत दिने गरेको पाइएको र यसले युरोपेली अछटो निर्मातालाई चुनौती बढाएको आयोगको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री
-
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे
-
‘पेट्रोल’ फल्ने तरुल केसभाको सम्भावना
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू