वार्ता गर्न तयार भए चीन र ईयू
बेइजिङ । चीन र युरोपेली सङ्घ (ईयू) ले बर्सेनि अर्बौ डलरको व्यापार गर्ने गरेका छन् । पछिल्लो समय ईयूले चीनबाट आउने विद्युतीय कारमा अतिरिक्त महसुल लगाउने प्रस्ताव गरेपछि चीनले त्यसको प्रतिकार गर्ने र दुई पक्षबिच जस्तालाई त्यस्तै गर्ने व्यवहार बढेर व्यापार युद्ध भड्किने स्थिति उत्पन्न भएको थियो ।
चीनका वाणिज्य मन्त्री वाङ वेन्ताओ र ईयूका व्यापार आयुक्त भाल्दिस डम्ब्रोभ्स्कीसले चीनबाट आयातित विद्युतीय सवारी साधनमा अतिरिक्त महसुल लगाउने ईयूको योजनाबारे वार्ता गर्ने चीनको वाणिज्य मन्त्रालयले शनिबार अबेर बताएको हो । यसको केही घण्टा अगाडि ईयू चीनसँग वार्ता गर्न इच्छुक रहेको र अतिरिक्त महसुल टार्न सकिने जर्मनीका भाइस चान्सलर र आर्थिक मन्त्री रोबर्ट हबेकले बताएका थिए ।
यो महिना युरोपेली आयोगले चीनबाट आयात गर्ने विद्युतीय कारमा अहिलेको विद्यमान १० प्रतिशत करमाथि अर्को ३८ प्रतिशतसम्म अतिरिक्त महशुल थप्ने प्रस्ताव गरेका थिए । चीन सरकार र सरकारी बैंकहरूले स्थानीय विद्युतीय सवारी साधन निर्मातालाई भारी मात्रामा सहुलियत दिने गरेको पाइएको र यसले युरोपेली अछटो निर्मातालाई चुनौती बढाएको आयोगको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण