वैदेशिक रोजगारका १६०० बढी उजुरीमा मेलमिलाप

काठमाडौँ । वैदेशिक रोजगारीमा हुने ठगीका एक हजार ६०० भन्दा बढी उजुरीमा मेलमिलाप गराइएको छ । वैदेशिक रोजगार विभाग परिसरमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले स्थापना गरेको मेलमिलाप कक्षमा पछिल्लो १६ महिनामा एकहजार ६०० भन्दा बढी उजुरीमा मेलमिलाप गराइएको हो ।
संघका सचिव कर्ण कटुवालले इजाजतपत्र प्राप्त म्यानपावर व्यवसायीविरुद्ध आएका उजुरीहरूमा दुवै पक्षबिच मेलमिलाप गराइएको बताए । सङ्घको वर्तमान कार्य समिति कामदारप्रति अत्यन्त संवेदनशील रहेको बताउँदै उनले म्यानपावर व्यवसायीका विरुद्धमा आएका उजुरीमा प्राथमिकताका साथ राखेर विवाद समाधानको पहल गर्दै आएको बताए ।
मेलमिलाप गर्न नमान्ने २०० भन्दा बढी उजुरीलाई कानुन अनुसार कारबाहीका लागि विभाग समक्ष पठाइएको उनको भनाइ छ । सङ्घले मेलमिलापको माध्यमबाट विवाद समाधान गर्ने उद्देश्य सचिव सचिव कटुवालकै संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिका सदस्यहरू नियमित रूपमा विभागमा उपस्थित भई उजुरीमाथि दुवै पक्षलाई राखेर मेलमिलाप गराउँदै आएका छन् ।
उजुरीमाथि सुनुवाइ नगर्ने म्यानपावर व्यवसायीलाई कानुन अनुसार कारवाहीका लागि विभागलाई पठाउने गरेको उनको भनाइ छ । व्यवसायीका विरुद्धमा प्रहरीमा परेका उजुरीहरूमा समेत समितिले समन्वय गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल
-
विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर
-
सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छः विनोद चौधरी
-
नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण जेठमा
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो