वैदेशिक रोजगारका १६०० बढी उजुरीमा मेलमिलाप
काठमाडौँ । वैदेशिक रोजगारीमा हुने ठगीका एक हजार ६०० भन्दा बढी उजुरीमा मेलमिलाप गराइएको छ । वैदेशिक रोजगार विभाग परिसरमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले स्थापना गरेको मेलमिलाप कक्षमा पछिल्लो १६ महिनामा एकहजार ६०० भन्दा बढी उजुरीमा मेलमिलाप गराइएको हो ।
संघका सचिव कर्ण कटुवालले इजाजतपत्र प्राप्त म्यानपावर व्यवसायीविरुद्ध आएका उजुरीहरूमा दुवै पक्षबिच मेलमिलाप गराइएको बताए । सङ्घको वर्तमान कार्य समिति कामदारप्रति अत्यन्त संवेदनशील रहेको बताउँदै उनले म्यानपावर व्यवसायीका विरुद्धमा आएका उजुरीमा प्राथमिकताका साथ राखेर विवाद समाधानको पहल गर्दै आएको बताए ।
मेलमिलाप गर्न नमान्ने २०० भन्दा बढी उजुरीलाई कानुन अनुसार कारबाहीका लागि विभाग समक्ष पठाइएको उनको भनाइ छ । सङ्घले मेलमिलापको माध्यमबाट विवाद समाधान गर्ने उद्देश्य सचिव सचिव कटुवालकै संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिका सदस्यहरू नियमित रूपमा विभागमा उपस्थित भई उजुरीमाथि दुवै पक्षलाई राखेर मेलमिलाप गराउँदै आएका छन् ।
उजुरीमाथि सुनुवाइ नगर्ने म्यानपावर व्यवसायीलाई कानुन अनुसार कारवाहीका लागि विभागलाई पठाउने गरेको उनको भनाइ छ । व्यवसायीका विरुद्धमा प्रहरीमा परेका उजुरीहरूमा समेत समितिले समन्वय गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण