इन्डोनेसियाकाे सुनखानीमा पहिरो, १२ जनाको मृत्यु
जकार्ता । इन्डोनेसियाको सुलावेसी टापुमा केही दिनदेखि परेको अविरल वर्षाका कारण ठुलो दुर्घटना भएको छ । सुलावेसी टापुमा रहेको एउटा अवैध सुन खानीमा पहिरो गएको छ । पहिरोका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । अरू १८ जना बेपत्ता भएको बताइएको छ ।
स्थानीय गोरोन्तालो प्रान्तको सुमावा जिल्लामा आइतबार बिहान गएको पहिरोमा परेर खानी र अवैध उत्खनन् क्षेत्र नजिकै बसोबास गर्ने कामदार र बासिन्दाको मृत्यु भएको स्थानीय उद्धार एजेन्सी बसर्नासका प्रमुख हेर्यान्टोले बताएका छन् । यस घटनामा माटोमुनि पुरिएका ५ जनाको सकुशल उद्धार गरिएको पनि बताइएको छ । यद्यपि उद्धार टोलीले सोमबार पनि बेपत्ता १८ जनाको खोजी गरिरहेको थियो ।
उद्धार कार्यमा समस्या
राष्ट्रिय उद्धार टोली, पुलिस र सेनाका कर्मचारीहरूसहित १६४ कर्मचारीहरू मिलेर बेपत्ता व्यक्तिहरूको खोजी कार्य भइरहेको छ । तर उद्धारकर्मीहरूलाई पहिरो स्थलसम्म पुग्न करिब २० किलोमिटर (१२ दशमलव ४३ माइल) दुरी पार गर्नु परिरहेको छ । लगातारको वर्षाका कारण उद्धार कार्यमा समस्या भइरहेको बताइएको छ । पहिरोका कारण केही घरहरु पनि ध्वस्त भएका छन् ।
इन्डोनेसियाको प्रकोप एजेन्सी (बीएनपीबी) ले पहिरोबाट धेरै घर र एउटा पुलमा क्षति पुगेको जनाएको छ । गोरोन्तालो प्रान्तका केही क्षेत्रमा सोमबार र मङ्गलवार पनि पानी पर्न सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।
अप्रिलमा दक्षिणी सुलावेसीमा मुसलधारे वर्षाबिच पहिरो जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । मे महिनामा इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा भीषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण