१० बजे, १० समाचार
आज २०८१ साउन २ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
१. मन्त्रीपरिषद् बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको छ ।
२. माओवादीले माग्यो लेखा समिति सभापति
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसद्को सार्वजनिक लेखा समितिको सभापति पद मागेको छ । बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले बोलाएको विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँगको बैठकमा माओवादीले सो समितिको सभापति मागेको हो ।
३. रमेश वडालले लिए शपथ
वरिष्ठ अधिवक्ता रमेश वडालले महान्यायाधिवक्ताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
४. बाढीपहिरो
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय २५ जनाको मृत्यु भएको छ ।
५. एसीसी महिला टी–२० एसिया कप क्रिकेट
एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण शुक्रबारदेखि श्रीलंकाको डम्बुलामा सुरु हुँदैछ । जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित आठवटा राष्ट्रको सहभागिता रहेको छ ।
६. कांग्रेस र लोसपा मधेस सरकारमा सामेल
लामो रस्साकस्सीपछि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारमा सामेल भएका छन् । जनमत नेतृत्वको मधेस सरकारलाई समर्थन दिएको कांग्रेस र लोसपाका मन्त्रीहरूले शपथ लिएसँगै मधेस सरकारमा सामेल भएका हुन् ।
७. बराललाई धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार प्रमुख महेश बरालले नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी पाएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार नियुक्ति पत्र हस्तान्तरण गर्दै बराललाई बोर्डको नेतृत्व सुम्पिएका हुन् ।
८. मौद्रिक नीतिको सन्दर्भमा छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मौद्रिक नीति सार्वजनिक हुने अघिल्लो दिन छलफल चलाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
९. कर्णालीका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक
‘कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण गुपचुप’ शीर्षकमा समाचार प्रकाशित गरेपछि मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको वेबसाइटमा उनको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
१०. सेयर बजारको उकालो यात्रा कायमै
साताको कारोबारको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.६८ अंकले बढेको छ । यससँगै २७ महिनापछि बिहीबार नेप्से २ हजार ४२४. ३२ को बिन्दुमा पुगेर बन्द भएको हो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण