बाइडेनले मैदान छोडेपछि ओबामाको प्रतिक्रिया, कमलाबारे मौन
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवारी नदिने निर्णय गरेका छन् । राष्ट्रपतिको दौडबाट पछि हट्न डेमोक्र्याटिक पार्टीभित्रबाट दबाब बढ्दै गएपछि बाइडेनले यो निर्णय गरेका हुन् ।
बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा आफ्नो समर्थन घोषणा गरेका छन्। यता पूर्वराष्ट्रपति बाराक ओबामाले जो बाइडेनको पुनः निर्वाचनमा भाग नलिने निर्णयप्रति आफ्नो प्रतिक्रिया दिएका छन्।
पूर्व राष्ट्रपति ओबामाले बाइडेन अमेरिकाका सबैभन्दा महत्त्वपूर्ण राष्ट्रपति भएको बताएका छन् । ओबामाले बाइडेनले राष्ट्रपति बनेदेखि नै आफूलाई प्रमाणित गरेको बताए । ओबामा राष्ट्रपति हुँदा बाइडेन उपराष्ट्रपति थिए।
ओबामाले भने, ‘कोभिड महामारी अन्त्य गर्न बिडेनले महत्वपूर्ण भूमिका खेलेका थिए। ३० वर्षमा लाखौं रोजगारी सृजना गरे, औषधिको मूल्य घटाए, बन्दुक सुरक्षासम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गरे।’
यद्यपि, बाइडेनको विपरीत, ओबामाले उपराष्ट्रपति कमला ह्यारिसको उम्मेदवारीको बारेमा केही भनेका छैनन्। यस्तो अवस्थामा ओबामा कमला ह्यारिसलाई लिएर अहिलेसम्म कुनै निर्णयमा नपुगेको विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण