राष्ट्रसंघ किन लाचार ? भन्दै युद्धविरोधी प्रदर्शन, तस्बिरहरु
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालय पुल्चोक अगाडि प्रदर्शन गरेको छ । विश्वका विभिन्न भागमा भइरहेको युद्ध अन्त्य गर्नका लागि राष्ट्रसंघलाई आफ्नो सम्पूर्ण सामर्थ्य प्रयोग गर्न आग्रह गर्दै बिहीबार दिउँसो प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले शक्ति राष्ट्रका अगाडि राष्ट्रसंघ किन लाचार ?, २९ महिनादेखि जारी रुस–युक्रेन युद्ध, राष्ट्रसंघ कहाँ छ ?, दश महिनादेखि जारी इजरायल–हमास युद्ध, राष्ट्रसंघ कहाँ छ ?, युद्धको विस्तारः मानव सभ्यतामाथि ठुलो खतरा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
पछिल्लो चरणमा सम्भावित युद्धको त्रासदीले लेवनानको स्थिति भयावह देखिएको छ जसका कारण कतिपय राष्ट्रले लेवनान छोड्न आफ्ना नागरिकलाई आह्वान गरेका छन् ।
यसैगरी इरान र इजरायलबीच जुनसुकै बेला भीषण युद्ध हुने त्रास बढेको छ । प्रदर्शन पश्चात् शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित राष्ट्रसंघका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
पत्रमा एकातिर रुस–युक्रेन युद्ध अर्कोतिर इजरायल–हमास युद्ध लम्बिँदै जानु समग्र विश्व सभ्यताकै लागि खतरा भएको धारणासहित मानवता र सभ्यताको रक्षाका खातिर युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघले विशेष पहलसहित आफ्नो सम्पूर्ण सामर्थ्य प्रयोग गर्न आग्रह गरिएको छ ।
_wgU2AQQ5R5.jpg)
_aeaLLFPJBJ.jpg)
_sLId8FOFna.jpg)
_pjuuSm0L9q.jpg)
_3U7bPKTuk8.jpg)
_bFJpZRTDfQ.jpg)
_d2DapflwnQ.jpg)
_hP6Ki5NXds.jpg)
_CJcFTSFVXs.jpg)
_zHvWSrNZT3.jpg)
_NOqYuRJjHh.jpg)
_JcJaZgZYFZ.jpg)
_PExkHztpfB.jpg)
_ejFZ3GkJN0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण