हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० घाइते
खार्तूम । दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन् ।
“हिजो खार्तूमको अल–सौक अल–मार्काजी (केन्द्रीय बजार) मा लडाकु विमानहरूले बमबारी गर्दा उक्त घटना भएको हो,” स्थानीय स्वयंसेवी दक्षिण खार्तूम आपत्कालीन समूहले आइतबार एक विज्ञप्तिमा उल्लेख गरेको छ । “घाइतेहरूलाई उपचारका लागि बसाइर, एलराजी र अलराकी अस्पतालमा सारिएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर छ,” विज्ञप्तिमा भनिएको छ ।
हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । सैन्य स्रोत र साक्षीहरूका अनुसार, सुडानी सशस्त्र बल (एसएएफ) ले राजधानी खार्तुममा सेप्टेम्बर २६ मा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) विरुद्ध महत्त्वपूर्ण आक्रमण सुरु गरेको थियो ।
संयुक्त राष्ट्र सङ्घ समन्वय कार्यालयले सुडान सन् २०२३ अप्रिल १५ देखि एसएएफ र आरएसएफ बीचको हिंसात्मक द्वन्द्वमा फसेको जनाएको छ । यसको परिणामस्वरूप यहाँ लगभग २० हजार जनाको मृत्यु भएका र हजारौँ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण