नक्कली नोट प्रकरण : ‘चङ्गा चेट’ का निर्देशक खनाल भन्छन्, ‘चलचित्रको स्कृप्टमा पाँच करोडको सिन थियो’
काठमाडौं – बुधबार २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँ सहित पक्राउ परेको निर्माता तथा बितरक माधव वाग्ले निर्दाेष रहेको चलचित्र निर्माता संघ नेपालले जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै वाग्ले निर्दाेस रहेको जनाएको हो ।
‘संघका प्रथम उपाध्यक्ष समेत रहेका माधव प्रसाद वाग्लेलाई नक्कली नोटको कसुरमा प्रहरीले नियन्त्रणमा लिएको सम्बन्धमा यससंघको गम्भिर ध्यानाकर्षण भएको छ,’ संघका महासचिव रोजा राणाद्वारा हस्ताक्षर गरिएको बिज्ञाप्तिमा अगाडि भनिएको छ, ‘चलचित्र छायाँकनका लागि आवश्यक पर्ने नक्कली नोट छपाइ गर्ने यसअघि पनि प्रचलन रहँदै आएको छ ।’
चलचित्र छायाँकनका लागि नक्कली रुपैयाँ छपाई गरिएको र रुपैयाको पछाडी चलचित्र प्रयोजन समेत लेखिएको उल्लेख भएको विज्ञप्तिमा चङ्गा चेटको छायाँकन सकिएपछि रुपैयाँ नस्ट हुने प्रक्रियामा रहेको समेत जनाइएको छ ।

संघले निर्माता वाग्लेलाई अबिलम्ब रिहा गर्न माग गर्दै चङ्गा युनिटका केही श्रमिजिबी ब्यक्तिले आफ्नो ब्यक्तिगत स्वर्थका लािग चलचित्र प्रयोजनका लागि भनेर लखिएको रुपैया प्रयोग गर्नु निन्दनिय, गैहकानूनी र वाग्लेलाई फसाउने कार्य भएको समेत बताएको छ ।
‘लुट’का निर्माता : छापाखानालाई पैसा छाप्ने आदेश दिन्थे, कर्मचारीमार्फत बजार पठाउँथे !
निर्माता माधव वाग्ले निर्दोष रहेको चङ्गा चेटका निर्देशक दीपेन्द्र के खनालले पनि बताए । ‘चलचित्रको स्कृप्टमा लेखकले पाँच करोडको सिन राखेका छन् । उक्त दृश्य छायाँकनका लागि कला निर्देशकले सो रुपैयाँ छपाएर ल्याएका हुन्,’ खनालले भने ‘छायाँकन अझै बाँकी रहेकोले रुपैयाँ सुरक्षित राखिएको हो ।’ चलचित्र छायाँकनका लागि सो रुपैयाँ अझै अपुग हुँदाहँुदै पनि कम्परमाइजमा छायाँकन गरिएको खनालको भनाई रहेको छ ।

बुधबार प्रहरीले आयोजना गरेको प्रेस मिटका क्रममा पनि निर्माता वाग्लले आफ्नो अफिसबाट पाइएको रकम चलचित्र प्रयोजनाका लागि भएको दाबी गरेका थिए ।
बरामद गरिएका केही नक्कली नोटमा चलचित्रको प्रयोजनका लागि समेत उल्लेख गरिएको छ । यदपि, सबै नक्कली नोटमा भने सो कुरा उल्लेख छैन ।
प्रहरीले भने मंगलबार काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सुमधुर क्याफेमा वाग्लेको प्रिन्सेस मूभिजका कार्मचारी खाजा खान छिरेको र उनले तिरेको पैसा नक्कली भएको अनुसन्धानबाट निर्माता वाग्ले नक्कली नोट छाप्ने धन्दामा रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण