बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शतकसँगै स्मृतिले बनाइन् नयाँ कीर्तिमान

बुधबार, १४ कात्तिक २०८१, १३ : ०८
बुधबार, १४ कात्तिक २०८१

अहमदाबाद । स्मृति मन्धाना र हरमनप्रीत कौरको जोडीको उत्कृष्ट प्रदर्शनका कारण भारतले तेस्रो एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्ड महिला क्रिकेट टोलीलाई ६ विकेटले पराजित गरेको छ । न्यूजिल्याण्डले तयार गरेको २३२ रनको जवाफमा भारतले चार विकेटमा २३६ रन बनाएर खेल जितेको हो ।

यो जितसँगै भारतीय टोलीले तीन खेलको एकदिवसीय सिरिज पनि २–१ ले जितेको छ । यस सिरिजको पहिलो खेलमा भारतले जित हात पारे पनि बलरको मिहिनेतले त्यो जित हासिल गरेको थियो ।

टोलीले दोस्रो एकदिवसीय खेलमा हार बेहोरेको थियो ।  पहिलो दुई खेलमा स्मृति मन्धानाको फार्ममा नरहेकोले भारतीय टोलीलाई सताएको थियो । तर तेस्रो एकदिवसीय खेलमा मन्धानाले शतक प्रहार गर्दै शानदार पुनरागमन गरिन् ।

सबैभन्दा धेरै शतक प्रहार गर्ने भारतीय महिला क्रिकेटर

स्मृति मन्धानाको एकदिवसीय करियरको यो आठौँ शतक हो र योसँगै उनी भारतका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने महिला क्रिकेटर बनेकी छिन् । यो शतकसँगै उनले पूर्व कप्तान मिताली राजलाई पछाडि पारिन् ।

न्युजिल्यान्डका स्पिनर कार्सनको बलमा एक रन लिएर मन्धानाले आफ्नो शतक पूरा गरिन् । उनले आफ्नो शतक पूरा गर्न १२१ बलमा १० चौका प्रहार गरिन्। उनले ८२.६४ को स्ट्राइक रेटका साथ खेलिन्। आफ्नो शतक पूरा गरेपछि मन्धानाले आफ्नो एकाग्रता गुमाइन् र उनी हन्ना रोवेले बोल्ड भइन्। मन्धानाले १२२ बलमा १०० रनको इनिङ्स खेलिन् ।

खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिएपछि उनले भनिन्, ‘सिरिज जित्दा निकै खुसी छु । पछिल्लो डेढ महिना निकै कष्टकर रह्यो । पछिल्ला दुई खेल राम्रो भएन ।

यो इनिङ्सको विशेष कुरा आत्म नियन्त्रणमा खेल्नु थियो । तपाईं हरेक खेलमा समान खेल्न सक्नुहुन्न तर टोलीका लागि रन बनाउन महत्त्वपूर्ण छ। मैले पहिलो १० ओभरमा संयमपूर्वक खेले तर पछि स्वाभाविक रूपमा खेलेँ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप