काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्दै इतिहास रच्ने नेपालको सपना यो पटक पनि अधुरै बनेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशसँग २–१ गोल अन्तरले पराजित बन्दै नेपाल उपविजेतामै सीमित बनेको हो ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी टिम र खेलाडीलाई पुरस्कार प्रदान गरेका छन् ।
बुधबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो । प्रधानमन्त्री ओलीले साफ महिला फुुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै प्रशंसा गरे ।
ओलीले सामाजिक सञ्जालबाट अब अर्को खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिएका छन् ।
काठमाडौँ । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।
यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन ।
काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले व्यवस्था गरेको नेपाल र बंगलादेशबिचको फाइनल हेर्न हेर्न समर्थकहरू ओइरिए । बुधबार साँझ टुँडिखेलमा निकै भिड देखिएको थियो । यद्यपि नेपाल पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने अवसरबाट चुक्न पुग्यो ।
नेपाल हार बेहोर्न बाध्य भएसँगै टुँडिखेलमा भेला भएका समर्थक पनि निराश हुँदै घर फर्किन बाध्य भएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले अब टोलीको मेहनत अर्को खेल जित्नेगरी हुने समेत बताएका छन् ।
‘साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले । हाम्रो मेहनत अब अर्को खेल जित्नेगरी हुनेछ । धन्यवाद नेपाली टोली’, ओलीले लेखेका छन् ।
काठमाडौँ । महिला साफ च्याम्पियनसिपको फाइनलमा आयोजक राष्ट्र नेपाल बंगलादेशसँग पराजति भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको फाइनलमा नेपाल १-२ गोलले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमा बंगालदेशले नेपालको डिफेन्सको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको थियो । मोनिका चक्माले बंगलादेशलाई अग्रता दिलाइन् ।
काठमाडौँ । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल फेरि एक पटक उपाधिको नजिक पुगेर चुकेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको फाइनलमा आयोजक राष्ट्र नेपाल बंगलादेशसँग १-२ गोलले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमा बंगालदेशले नेपालको डिफेन्सको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको थियो । मोनिका चक्माले बंगलादेशलाई अग्रता दिलाइन् ।
काठमाडौँ । महिला साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल र बंगलादेश भिडिरहेका छन् । यतिबेला दशरथ रङ्गशाला खचाखच रहेको छ ।
रङ्गशाला पुगेर हेर्न नपाउनेका लागि काठमाडौँ महानगरपालिकाले तीन स्थानबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ । टुँडिखेल, चाबहिल फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ)बाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गरिरहेको हो ।
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि जारी भिडन्तमा नेपालले बराबरी गोल फर्काएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ५५ औँ मिनेटमा अमिषा कार्कीले गोल गर्दै बराबरी बनाएकी हुन् ।
यसअघि मोनिका चक्माले गोल गर्दै बंगलादेशले नेपालविरुद्ध अग्रता बनाएको थियो ।
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि जारी भिडन्तमा बंगलादेशले अग्रता बनाएको छ । मोनिका चक्माले गोल गर्दै बंगलादेशले नेपालविरुद्ध अग्रता बनाएको हो ।
साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत उपाधिका नेपाल र बंगलादेशबिचको खेलको दोस्रो हाफ सुरु भएको छ । बराबरी अवस्थामा रहेको खेलमा नेपाली चेलीहरूको पक्षमा दर्शकले चर्को हुटिङ गरिरहेका छन् ।
नेपाली चेलीहरूको समर्थनमा ११ हजार दर्शकले टिकट काटेका छन् । खेल दशरथ रंगशालामा भइरहेको हो।
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि जारी भिडन्तको पहिलो हाफमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै देशले पहिलो हाफमा कुनै पनि गोल गर्न नसकेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै पक्षबाट केही गोलको प्रयास भएपनि बलले गोलको दिशा लिन सकेन ।
११ हजार नेपाली दर्शकको हौसलाका साथ मैदानमा उत्रिएको नेपाली टोली आज बंगलादेशलाई हराउँदै इतिहास रच्ने दाउमा छ ।
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र बंगलादेशबिचको प्रतिस्पर्धा भइरहेको छ । दशरथ रंगशालामा ३५ मिनेटसम्म गोलरहित बराबरीको अवस्थामा खेल जारी छ ।
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजेदेखि फाइनल खेल सुरु भएको हो ।
नेपाल आज बंगलादेशलाई हराउँदै ऐतिहासिक उपाधि जित्ने दाउमा छ । नेपालको पक्षमा समर्थन गर्न ११ हजार दर्शकले टिकट काटेका छन् । नेपाली राष्ट्रिय झण्डासहित नेपाली दर्शक नेपाली टोलीको समर्थकमा छन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य कुन्तिदेवी पोखरेलले साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा गोल गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी छिन् ।
उनले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबिचको फाइनल खेलमा गोलm गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी हुन् ।
नेपाली महिला खेलाडीलाई प्रोत्साहन गर्नका लागि आफूले नग सहित सम्मान गर्न लागेको उनले जानकारी दिएकी छिन् ।
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल्नका लागि नेपालका सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक गरिएको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने फाइनल खेलका लागि बंगलादेशविरुद्ध सुरुवाती ११ खेलाडी सार्वजनिक गरिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको सूची अनुसार सुरुवाती ११ मा एन्जिला तुम्बापो सुब्बा, पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, सावित्रा भण्डारी, गिता राना, प्रिति राई, सविता राना मगर र अमिषा कार्की रहेका छन् ।
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनलमा ११ हजार टिकट बिक्री गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
‘रंगशालाको क्षमता १५ हजार हो । हामीले साधारण र भीआईपीतर्फ गरी कुल ११ हजार टिकट बिक्री गरेका छौँ,’ एन्फाका प्रवक्ता सुरेश शाहले रातोपाटीसँगको कुराकानीमा भने । उनले सुरक्षा अवस्थालाई ध्यानमा राखी बाँकी चार हजार टिकट बिक्री नगरिएको जानकारी पनि दिए ।
काठमाडोँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै गएर हेर्ने भएका छन् । प्रतियोगिताको उपाधिका लागि नेपाल र बङ्गलादेशबिच खेल आज साँझ ६ः३० बजे हुँदैछ ।
प्रतियोगिताको अवलोकन गर्न तथा पुरस्कार वितरणका प्रधानमन्त्री केपी शर्मा ओली पनि रङ्गशालामा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल हेर्न जाने दर्शकका लागि प्रहरी कडा सुरक्षा जाँच सुरु गरेको छ । त्रिपुरेश्वस्थित रंगशाला गेटमा प्रहरीले कडा सुरक्षा चेकजाच सुरु गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत खेल हेर्न रंगशाला जाने भएपछि प्रहरी सुरक्षामा कडाई गरेको हो । आज नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा हुँदैछ । खेल बुधबार ६ : ३० बजेदेखि सुरु हुँदैछ ।