दैलेखको महाबुमा रास्वपाबाट प्रकाश कुमार बुढा उम्मेदवार

सुर्खेत । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार टुंगो लगाएको छ । पार्टीले प्रकाश कुमार बुढालाई उम्मेदवार बनाउने भएको हो ।
उनी जेसिस दैलेखका अध्यक्ष हुन् । उनी यसअघि नेकपा एमाले हुँदै नेकपा एकीकृत समाजवादीमा आबद्ध थिए । उनकी आमा ०७४ स्थानीय तहको निर्वाचनका बेला एमालेबाट महाबु गाउँपालिकाको उपाध्यक्ष बनेकी थिइन् । पछि एमाले विभाजनपछि उनी समाजवादीमा लागेकी थिइन् ।
साथै उनी ठेक्कापट्टाको काममा पनि सक्रिय युवा हुन् भने दैलेख सदरमुकाममा कपडा पसल समेत सञ्चालन गर्दछन् । रास्वपाको जिल्ला कमिटीले उनलाई उम्मेदवार बनाएको हो ।
यहाँ नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी र नेकपा (माओवादी केन्द्र) बाट जंगबहादुर बराल उम्मेदवार छन् । नेकपा एमालेले भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाएको छैन ।
यस्तै रास्वपाले दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रामबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन
-
आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग
-
७ जना डीआईजीहरूको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए
-
गौशालाबाट हुण्डीको ९५ लाख बरामद
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार
-
भारतमा थप पाकिस्तानी कलाकारको इन्टाग्राम खाता ब्लक