प्रधानमन्त्रीको नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन : एमाले
काठमाडौँ । नेकपा एमालेले मुलुकमा अराजकताका तीन आयाम देखिएको बताएको छ ।
बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘अराजकताका तीन आयाम देखिरहेको छु । राजनीतिक पार्टीले प्रयोग गर्ने भाषाशैलीले नै पनि बिगारेको जस्तो देखिन्छ ।’ उनले सामाजिक सञ्जालबाट आउने डिसइन्फरमेसनको अर्को चुनौती भएको भन्दै केही समूहहरू योजनाबद्ध ढंगले अराजकता सिर्जना गर्न लागिरहेको बताए ।
उनले दुर्गा प्रसाईंलाई लक्षित गर्दै भने, ‘अहिले प्रहार केपी ओलीलाई भएको होला । देशको प्रधानमन्त्रीको नागरिकता र हस्ताक्षर किर्ते गर्नेले भोली सबैको गर्छ यसमा सचेत हुन जरुरी छ ।’
त्यस्तै निराशा र अराजकता चिर्ने तीन कुरा गर्नुपर्ने पनि एमालेले जनाएको छ । ‘डेलिभरी बढाउने, भएका काम वस्तुनिष्ठ देखाउने र प्रायोजित अराजक बन्नेलाई विधिसंगत नियन्त्रण गर्ने’, ज्ञवालीको भनाइ छ ।
संविधान संशोधनबारे पत्रकारले सोधेको प्रश्नमा ज्ञवालीले नौ वर्षको अवधिमा संविधानको वस्तुनिष्ठ समीक्षा, उपलब्धि र कमजोरीको जगमा उभिएर राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्छ भनेर एमालेले भन्दै आएको बताए । उनले संशोधनका सवालमा निर्वाचन प्रणालीका बारेमा छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताए ।
‘बढिमात्रामा निर्वाचन प्रणालीका बारेमा छलफल गर्नुपर्ने । प्रदेश हकमा पनि काठमाडौँमा पानी पर्दा प्रदेशमा छाता ओढ्नुपर्ने अवस्था भएको छ त्यो संघीयताको मर्म होइन होला’, उनले भने, ‘मुख्यमन्त्रीको निर्वाचन पनि प्रत्यक्ष गर्दा के होला ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण