मन्त्रालयको पत्र
स्वास्थ्यकर्मीहरूलाई सरकारी सरह पारिश्रमिक दिन निजी अस्पताललाई मन्त्रालयको निर्देशन
शुक्रबार, २८ मङ्सिर २०८१, १४ : ०१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सिङलगायत स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह दिन निर्देशन दिएको छ ।
मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई शुक्रबार पत्र लेख्दै मन्त्रालयले स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न भनेको हो ।
मन्त्रालयले तोकिएको समय भन्दा बढी काम लगाएमा अतिरिक्त भत्ताको व्यवस्था गर्न निर्देशन दिएको छ । पाँच बुँदे निर्देशन दिँदै मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाइने, सक्कल शैक्षिक लब्धाङ्क पत्रहरू कार्यालयले राख्न नपाइने भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत नियमन आयोगविरूद्ध किन खनिए ऊर्जामन्त्री ?
-
राष्ट्रिय गौरवको आयोजनाका लागि छुट्टै कानुन बनाउन सांसदहरूको जोड
-
ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने ऊर्जामन्त्रीको विश्वास
-
टिकेन सेयर बजारको उत्साह, फाइनान्स समूह भने बढेको बढ्यै
-
वनबाट वार्षिक ४० अर्बको राजस्व सङ्कलन, १२ अर्ब रुपैयाँ बराबरको रोजगारी सिर्जना हुने
-
भजहर कप फुटबलको उपाधि गौरीगंगाको पोल्टामा