तीन दिनभित्र तीन पाकिस्तानी क्रिकेटरको सन्न्यास !
काठमाडौँ । तीन दिनको अवधिमा पाकिस्तानका तीनजना चर्चित क्रिकेटरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् । यसरी सन्न्यास लिने पछिल्ला खेलाडी हुन्, मोहम्मद इरफान । मोहम्मद इरफानले आइतबार सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् ।
४२ वर्षीय मोहम्मद इरफानले पाँच वर्षयता पाकिस्तानको राष्ट्रिय टोलीबाट खेलेका थिएनन् । तर, उनी घरेलु क्रिकेटमा भने सक्रिय दिए । अहिले आएर उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । मोहम्मद इरफानले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
‘मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेको छु । अहिलेसम्म मलाई सहयोग पुर्याउने सबैप्रति आभारी छु,’ उनले भनेका छन् । सात फिट अग्ला मोहम्मद इरफानलेसन् २०१२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनी प्रभावशाली तिब्रगतिका बलर हुन् । उनले समकालीन विश्व क्रिकेटका थुप्रै प्रभावशाली ब्याट्सम्यानको विकेट लिएका छन् ।
यसअघि शुक्रबार पाकिस्तानी क्रिकेटर इमाद वसिम र मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । यी दुबै खेलाडीले दोस्रो पटक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका हुन् । यसअघि पनि उनीहरुले सन्न्यास लिएका थिए । तर, सन् २०२४ को टी–२० विश्वकपअघि उनीहरुले सन्न्यास फिर्ता लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण