खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्र खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औँ स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्ड कप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ को उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकास र खेलाडीहरूको उत्साह कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले प्रदेशभित्र पूर्वाधार, खेलाडी उत्पादन र नियमित प्रतियोगिताहरू सञ्चालन गरेर खेल क्षेत्रको विकास गर्न सकिने बताए ।
पुस २४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा समूहले प्रतिस्पर्धा गर्दै छन् । ती समूहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, मणि मुकुन्द भलिबल क्लब, गुजरात स्टेट भलिबल एसोसिएसन भारत, गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहने छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीन लाख ५० हजार, तृतीय पुरस्कार एक लाख ७५ हजार, सान्त्वना पुरस्कार एक लाख रुपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ ।
उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । प्रतियोगितामा १ करोड ६० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण