सात दिनभित्र विद्यार्थी नेताहरूको व्यवस्थापनसम्बन्धी सुझाव पेस गर्न माओवादीको निर्देशन
काठमाडौँ । नेकपा माओवादी केन्द्रले अनेरास्ववियू (क्रान्तिकारी) बाट बिदा भएका विद्यार्थी नेताहरूको व्यवस्थापनका लागि एक हप्ताभित्र सुझाव पेस गर्न निर्देशन दिएको छ । पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा गठन भएको कार्यदललाई एक हप्तामा सुझाव पेस गर्न निर्देशन दिएको हो ।
‘सो कार्यदललाई सङ्गठनबाट बिदा भएका विद्यार्थी नेताहरूको क्षमता, रुचि र पार्टीको आवश्यकताको आधारमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एक हप्ता भित्रमा सुझाव सहितको प्रतिवेदन बुझाउन निर्देशन गरिन्छ’, अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको वक्तव्यमा लेखिएको छ ।
२३ औँ राष्ट्रिय सम्मेलनमा विधान निर्माणको सन्दर्भमा गत पौष १३ गते सम्पन्न भएको ३२ वर्ष उमेर हद लगाउने वा खुल्ला राख्ने भन्ने निर्वाचनबाट ३२ वर्ष उमेर हद लगाउने पक्षमा बहुमत रहेको सन्दर्भमा त्यस प्रावधानका कारण लामो समय सङ्गठनमा खर्चेका ऊर्जाशील युवा विद्यार्थीहरू बिदा हुनुपर्ने अवस्था भएको भन्दै माओवादीको केन्द्रीय समिति बैठकले सङ्गठनबाट विधानतः बिदा भएका युवा विद्यार्थीहरूको उचित जिम्मेवारी व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
कार्यदलमा उपमहासचिव बस्नेतको संयोजकत्वमा क्रान्तिकारीका इन्चार्ज हिमाल शर्मा र निवर्तमान अध्यक्ष पञ्चा सिंह रहेकी थिइन् । विद्यार्थीको दोस्रो चरणको निर्वाचन प्रक्रिया माघ ८ बाट हुँदैछ । माघ १२ गते नेतृत्वको लागि निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण