चेकिङमा कुटपिट गर्ने प्रहरी निलम्बित
सोमबार, ०७ माघ २०८१, १३ : २५

काठमाडौँ । सडक चेकिङ गर्दा सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बित भएका छन् । निलम्बन हुनेमा असई बुद्धिबहादुर भुजेल रहेका छन् । उनी चितवनको गणेशधाम प्रहरी बिटमा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार यो घटना गत पुस १५ गतेको हो । भरतपुर महानगरपालिका–११ खोले गुम्बानजिकै बाइपास रोडमा यो घटना भएको मिश्रले रातोपाटीलाई बताए ।
यतिबेला सामाजिक सञ्जालमा दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको ?’ भन्दै निर्घात कुटपिट गरेको भिडियो भाइरल छ । भिडियो भाइरल भएपछि प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति पनि गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु