रणजीमा पनि फ्लप रोहित, १९ बलमात्र टिके
मुम्बई । रणजी ट्रफीमा फर्किएका रोहित शर्मा पुनः एकपटक असफल साबित भएका छन् । बिहीबार शरद पवार एकाडेमीमा जम्मु र कश्मिरविरुद्धको खेलमा रोहित सस्तोमा नै पभेलियन फर्किन बाध्य भएका हुन् ।
भारतको टेस्ट र एकदिवसीय कप्तान रहेका रोहित पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेका छन् । त्यसैले, च्याम्पियन्स ट्रफीअघि उनले रणजी ट्रफी खेल्ने भएपछि धेरैको नजर आजको खेलमा थियो ।
खेलमा मुम्बईमा कप्तान अजिंक्या रहाणेले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि उनी भारतीय राष्ट्रिय टोलीका अर्का ओपनर यशस्वी जैसवालसँग ब्याटिङ गर्न आए । तर, उनको इनिङ्स १९ बलभन्दा लामो टिक्न सकेन । उनी मात्र ३ रन बनाएर उमर नाजिरको बलमा पभिलियन फर्किन बाध्य भए ।
रोहितलाई टिममा अटाउन मुम्बईले स्टार खेलाडी आयुश मिहात्रेलाई हटाउन परेको थियो । उनले डेब्यु सिजनमा मुम्बईका लागि ९ इनिङ्समा ४५.३३ औसतले ४ सय ८ रन जोडेका थिए ।
अर्का ओपनर जैसवाल पनि चल्न सकेनन् । उनी पनि ८ बलमा ४ रन जोड्दै आउट हुन पुगे । मुम्बईले ३३.२ ओभरमा मात्र १२० रन बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण