खेलका क्रममा घाइते भएका चर्चित जकी माइकल ओ’ सुलिभानको निधन
आइतबार, ०४ फागुन २०८१, १५ : ३८
काठमाडौँ । आयरल्यान्डका चर्चित जकी (घोडचढी खेलका खेलाडी) माइकल ओ’सुलिभानको निधन भएको छ । उनी यसै महिनाको प्रारम्भमा आयरल्यान्डको थल्र्समा लडेर गम्भीर घाइते भएका थिए ।
फेब्रुअरी ६ तारिखमा रेसिङका क्रममा लडेर गम्भीर घाइते भएका २४ वर्षीय ओ’सुलिभानको कर्क विश्वविद्यालय अस्पतालमा उपचार भइरहेको थियो । उनी कोमामा थिए । उपचारकै क्रममा उनको निधन भएको समाचारमा जनाइएको छ ।
‘माइकल ओ’सुलिभानको आइतबार विहान कर्क विश्वविद्यालय अस्पतालमा उपचारको क्रममा निधन भएको छ । त्यतिबेला परिवारका सदस्यहरु पनि उनीसँगै थिए । उनको असामयीक निधनबाट हामी स्तब्धः बनेका छौँ,’ आयरल्यान्डको हर्स रेसिङ रेगुलेटरी बोर्डका प्रमुख चिकित्सा अधिकारी डा। जेनिफर पगले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण