अमेरिकाबाट डिपोर्ट गरिएका ११२ भारतीय अमृतसर आइपुगे
सोमबार, ०५ फागुन २०८१, ११ : ४८
नयाँ दिल्ली । अमेरिकामा अवैध रूपमा बस्दै आएका भारतीयहरूको तेस्रो समूह भारत आइपुगेका छन् ।
उनीहरूलाई बोकेर आएको अमेरिकी एयरफोर्सको सी–१७ १६ फेब्रअुरीको राति १० बजे अमृतसर विमानस्थलमा अवतरण भएको हो । यसरी ल्याइएकामध्ये ४४ जना हरियाणा र ३३ जना पञ्जाबका भएको बताइएको छ । ३३ जना गुजरातका थिए । बाँकी भने भारतमा अन्य राज्यका मानिसहरू भएको बताइएको छ ।
डिपोर्ट गरिएकामा १९ जान महिला र १४ नाबालिग थिए । २ जना शिशु पनि डिपोर्ट भएको बताइएको छ ।
अध्यागमनमा औपचारिकता पूरा गरेपछि सबैलाई आ–आफ्नै राज्य पठाइएको थियो । यसरी फिर्ता पठाइएका मध्ये २ जना भने २०२३ मा एउटा हत्या काण्डमा संलग्न थिए ।
अघिल्ला दुई चरणमा झैँ यस पटक पनि आप्रवासीहरूलाई अमेरिकाले हथकडी र नेल लगाएर पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण