अमेरिकाबाट डिपोर्ट गरिएका ११२ भारतीय अमृतसर आइपुगे
सोमबार, ०५ फागुन २०८१, ११ : ४८

नयाँ दिल्ली । अमेरिकामा अवैध रूपमा बस्दै आएका भारतीयहरूको तेस्रो समूह भारत आइपुगेका छन् ।
उनीहरूलाई बोकेर आएको अमेरिकी एयरफोर्सको सी–१७ १६ फेब्रअुरीको राति १० बजे अमृतसर विमानस्थलमा अवतरण भएको हो । यसरी ल्याइएकामध्ये ४४ जना हरियाणा र ३३ जना पञ्जाबका भएको बताइएको छ । ३३ जना गुजरातका थिए । बाँकी भने भारतमा अन्य राज्यका मानिसहरू भएको बताइएको छ ।
डिपोर्ट गरिएकामा १९ जान महिला र १४ नाबालिग थिए । २ जना शिशु पनि डिपोर्ट भएको बताइएको छ ।
अध्यागमनमा औपचारिकता पूरा गरेपछि सबैलाई आ–आफ्नै राज्य पठाइएको थियो । यसरी फिर्ता पठाइएका मध्ये २ जना भने २०२३ मा एउटा हत्या काण्डमा संलग्न थिए ।
अघिल्ला दुई चरणमा झैँ यस पटक पनि आप्रवासीहरूलाई अमेरिकाले हथकडी र नेल लगाएर पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैन : प्रमुख सचेतक शाही
-
मेट गाला डेब्यूमा शाहरुख खानको ड्रेस गतिलो नभएको भनेर डिजाइनरसँग रिसाए फ्यान
-
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरू
-
कान्समा डेब्यू गर्दै आलिया
-
नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस : उर्मिला अर्याल
-
सरकार भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने मेरूदण्ड हो : ज्ञानेन्द्र शाही