सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
बुधबार, १४ फागुन २०८१, १५ : २९
खार्तुम । सुडानमा एउटा सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । ओमदुरमन सहरमा भएको दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको बताइएको छ ।
एन्टोनोभ विमान मंगलबार ओमदुरमनको उत्तरमा रहेको वादी सय्यदना एयरबेसबाट उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको सैन्य तथा स्वास्थ्य अधिकारीहरूले बुधबार एक संक्षिप्त विज्ञप्तिमा भनेका छन् । ओमदुरमान राजधानी खार्तुमको भगिनी सहर हो ।
विज्ञप्ति अनुसार दुर्घटनामा सैन्य कर्मचारी र सर्वसाधारणको मृत्यु भएको छ । दुर्घटना के कारणले भयो भन्ने कुरा पनि विज्ञप्तिमा बताइएको छैन । यसैबिच, स्वास्थ्य मन्त्रालयले कम्तीमा १९ जनाको मृत्यु भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण