सुदूरपश्चिमका १० क्याम्पसमा अनेरास्ववियुको जित
धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुले १० क्याम्पसमा जित हासिल गरेको छ। हालसम्म प्राप्त नतिजाअनुसार, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, बाजुरा, र अछामका क्याम्पसहरूमा अनेरास्ववियुका उम्मेदवारहरू विजयी भएका छन्।
बझाङको सेती क्याम्पसमा दीपेन्द्र दौल्याल, दार्चुलाको कृष्ण स्नातक क्याम्पसमा लालीमा ओमकार पाल, लटिनाथ क्याम्पस, दार्चुलामा रुकेश सिंह विष्ट, बैतडीको नव प्रभात संयुक्त क्याम्पस, कुलाउपञ्चेश्वरमा सपना चन्द सभापतिमा विजयी भएका छन्।
त्यसैगरी, बैतडीकै शिक्षा क्याम्पस साहिलेकमा अक्बर चन्द (अभिषेक), कञ्चनपुरको श्दानेश्वरहरी बहुमुखी क्याम्पसमा बिमला कुमारी रावल, बाजुराको बुढिनन्दा क्याम्पसमा भास्कर शाही नेतृत्वको टिम, तथा अछामको कैलाश बहुमुखी क्याम्पस, कालागाउँमा केशरी तिरुवा निर्वाचित भएका छन् ।
यसैगरी, बैतडीको बहुमुखी क्याम्पसमा अनेरास्ववियुका नवीन कपाडी, तथा बझाङको सुनकुडा क्याम्पसमा कपिल विष्ट सरकार अध्यक्ष पदका उम्मेदवार रहेका छन्। अन्य क्याम्पसहरूका नतिजा आउन अझै बाँकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण