मार्क जुकरबर्गको मेटाले ल्यायो नयाँ एआई मोडल
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाले दुई नयाँ एआई मोडल लञ्च गरेको छ । कम्पनीले लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) एललामाको दुई मोडल सार्वजनिक गरेको हो । यी दुई मोडलको नाम एललामा ४ स्काउट र एललामा ४ म्याभरिक रहेको छ ।
आगामी दिनमा कम्पनीले अरु दुईवटा मोडल पनि ल्याउँदैछ । शनिबार इन्ष्टाग्राममा जुकरबर्ग आफैँले एउटा भिडियो शेयर गरेका छन् । भिडियोमा उनले एललामा मोडलबारे जानकारी दिँदै यसले गुगलको जेमिनी र ओपन एआईको च्याटजीपीटी ४० लाई टक्कर दिने बताए ।
मेटाको एललामा मल्टिमोडल एआई प्रणाली हो । यो प्रणालीले टेक्ष्ट, भिडियो, तस्बिर र अडियो अलग अलग डेटालाई प्रोसेस गरेर कन्टेन्टलाई यी फम्र्याटमा कन्भर्ट पनि गर्न सक्छ ।
एललामा ४ स्काउट र एललामा ४ म्याभरिरक अहिले सम्मकै सबैभन्दा उन्नत एआई मोडेल भएको दाबी जुकरबर्गले गरेका थिए । यी दुवै मोडेलहरू खुला स्रोतका सफ्टवेयर भएको पनि उनले बताए । भिडियोमा उनी आगामी मोडेलहरूप्रति उत्साहित देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण