आफ्ना ३ अर्ब जिमेल प्रयोगकर्तालाई गुगलले किन दियो यस्तो चेतावनी ?
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय सर्च इन्जिन कम्पनी गुगलले आफ्नो जिमेल प्रयोगकर्ताका नाममा चेतावनी जारी गरेको छ । यस अघि नै जिमेल प्रयोगकर्ता खतरामा रहेको भन्दै समाचारहरू आएका थिए । चेतावनी नयाँ खाले खतराबाट सावधान रहनबारे हो ।
यसमा फिशिङ्ग क्याम्पेनबाट प्रयोगकर्तालाई सावधान रहन भनिएको छ । यसको प्रयोग गरेर स्क्यामहरूले जिमेल युजरहरूबाट लगइन डेटा समेत हासिल गर्न सक्ने भनिएको थियो ।
विश्वभर जिमेलका झन्डै ३ अर्ब प्रयोगकर्ता छन् । केही समय अघि एक जना सफ्टवेयर डेभलपरले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लय [email protected] नामको इमेलबारे बताएका थिए । आधिकारिक जस्तो देखिने यो इमेलमा गुगल एकाउन्टको डेटाका लागि समन जारी गरिएको दाबी थियो । इमेलमा एउटा लिङ्क थियो । भ्यालिड गुगल सर्पोट पेज जस्तै देखिने यो साइट एउटा फिसिङ साइट थियो ।
यस फेक इमेलले गुगलको कयौँ अथेन्टिक चेकजाँच पनि पास गरेको थियो । यो फिसिङ म्यासेज सक्कली गुगलको सिक्योरिटी अलर्ट जस्तै गरी आउँथ्यो । फिसिङ इमेलमा दिइएको लिंकमा क्लिक गरेपछि युजर क्लोन वेबसाइटमा पुग्थे । यो डोमेन हुबहु गुगलको लगइन जस्तै देखिन्छ । यो डिजाइन वास्तवमा यूजरका लगइन डिटेल र पासवर्ड चोर्नका लागि बनाइएको थियो । गुगलले यसलाई खतरा मानेको छ । छिटै नै यसबारे नयाँ सुरक्षा उपाय लागू गर्न काम भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण