आमिर खान पनि घर सर्न थालेका हुन् ?

नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खानपछि अब आमिर खानले पनि बान्द्रास्थित आफ्नो घर छोड्ने भएका छन् । अहिलेसम्म आमिर मुम्बईको बान्द्राको एक विलासी क्षेत्र पाली हिलमा बस्दै आएका थिए । उनको घर उनका फ्यानहरूका लागि विशेष ठाउँ हो ।
तर आमिर चाँडै आफ्नो अपार्टमेन्टबाट अर्को फ्ल्याटमा सर्ने भएका छन् । ठेगाना पनि फेरिदैंछ । खबरका अनुसार आमिर खान बस्ने बिल्डिङमा छिटै रि–डेभलपमेन्टको काम सुरु हुँदैछ । रि–डेभलपमेन्टको काम सकिएपछि भवनमा शानदार ४ र ५ बीएचके फ्ल्याट हुनेछ ।
यीमध्ये केहीबाट समुद्रको भ्यू समेत हेर्न पाइनेछ । यी अपार्टमेन्टहरूको मूल्य प्रति वर्ग फुट १ लाख रुपैयाँभन्दा बढी हुनेछ । यस्तोमा आमिर खानसमेत सो भवनमा बस्ने सबैलाई रि डेभलपमेन्टको काम गरिरहेको कम्पनीले अस्थायी फ्ल्याटमा राख्ने बताइएको छ ।
नयाँ भवन तयार नभएसम्म सबैजना त्यहीँ बस्नेछन् । पाली हिल क्षेत्रमा आमिरको अर्को सम्पत्ति पनि छ । यो सम्पत्तिको मूल्य लगभग ९ करोड रुपैयाँ रहेको बताइएको छ ।
बलिउड अभिनेता शाहरुख खानको घर मन्नतमा पनि मर्मतसम्भारको काम सुरु भएको छ । रिपोर्टका अनुसार शाहरुखले मन्नतको तला थप्न लागेका छन् । अभिनेताकी पत्नी गौरी खानले महाराष्ट्र तटीय क्षेत्र व्यवस्थापन प्राधिकरणलाई मन्नतमा दुई नयाँ तला थप्न स्वीकृति मागेकी थिइन् ।
मन्नतको मर्मत कार्य जारी रहँदा, शाहरुख र उनको परिवार पाली हिलको पूजा कासा भवनमा दुईवटा विलासी डुप्लेक्स अपार्टमेन्टमा बस्नेछन् । यी फ्ल्याटलाई उनले तीन वर्षको भाडामा लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स