‘फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छ’
काठमाडौँ । सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन् ।
शनिबार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले फोटो पत्रकारहरूको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरू गरेको भए पनि फोटो पत्रकारिताको विकासमा रहेका व्यवधानहरू हटाएर अघि बढाउन जरुरी रहेको बताएका हुन् ।
सभामुख घिमिरेले भने, ‘एक सेकेण्डमा गलत कुराको भ्रम सिर्जना गर्न सकिने कुरा छ । तर फोटो पत्रकारिताले त्यस्ता खालका कुराहरूको काउन्टरमा सधैँभर ठिङ्ग उभिएर आफ्नो परिचय दिन सक्ने र त्यो बेला के भएको थियो भन्ने कुराको जिउँदो इतिहासलाई लामो समय मात्र होइन, शताब्दीसम्म राख्न सक्ने र जिम्मेवारीपूर्ण क्षेत्रबाट एउटै फोटोबाट अनेक कुरा व्यक्त गर्न सकिने र समाजको चित्रणलाई यथार्थमा उतार्न सक्ने र यथार्थबाट भविष्यलाई देखाउन सक्ने, विगतबाट भविष्यमा जाने बाटोहरू के थिए भन्ने कुरा देखाउन सक्ने धेरै महत्त्वपूर्ण कामहरू गर्न सक्छ । पत्रकारहरू क्यामेराको पछि पछि दौडिएर फोटो खिच्ने कुराले देशको चित्रणलाई राख्ने, घटनालाई जीवित र सधैँ स्मृतिमा राख्ने गर्दछ । फोटो पत्रकारहरूको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरू गरेको छ । त्यस हिसाबमा विकास गर्ने कुरामा जुन व्यवधानहरू रहेका छन्, ती अभाव पूर्ति गर्दै यस क्षेत्रमा प्रेरित गर्दै अघि लैजानुपर्छ ।’
त्यस्तै, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दृश्य बिनाको समाचार पूरा नहुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले पत्रकारिता र फोटो पत्रकारितामा केही विशेष भिन्नताहरू रहेको र समाजलाई सुसज्जित गर्नका निमित्त फोटो पत्रकारिताको महत्त्व अझ बढी रहेको बताए ।
मन्त्री खड्काले भने, ‘पत्रकारिता र फोटो पत्रकारितामा केही विशेष भिन्नताहरू छ । समाजलाई सुसज्जित गर्नका निमित्त पत्रकारितामा हामी पीत पत्रकारिताको पनि कुरा गर्छौँ । बङ्ग्याउने, टिङ्ग्याउने अर्थात् के गर्दा कसका लागि के अनुकूल हुन्छ भनेर हामी प्रस्तुत गर्न सक्छौँ । तर फोटो पत्रकारितामा त्यो सम्भव छैन । त्यो अत्यन्तै निष्पक्ष हुन्छ । र बुझ्न सकिन्छ । भनेको भन्दा दृश्य आफैँ बोल्छ भनेको जस्तो प्रमाणित हुने खालको पत्रकारिता हो फोटो पत्रकारिता । फोटो पत्रकारिता, दृश्य बेगर समाचारहरू अपुरो हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण