खोपको दुवै डोज एउटै हातमा लगाए प्रभावकारिता बढ्न सक्छ : अध्ययन
काठमाडौँ । कुनै पनि खोपको दुवै डोज एउटै हातमा लगाउँदा खोपको प्रभावकारिता बढ्ने नयाँ अध्ययनले देखाएको छ । नयाँ अनुसन्धानका अनुसार यदि खोपको बुस्टर डोज पहिलो डोज दिइएको हातमा लगाइयो भने शरीरमा छिटो र धेरै रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ ।
यसबाट शरीरले चाँडै सुरक्षा विकास गर्छ । सिन्ह्वा न्यूज एजेन्सीका अनुसार यो खोजले खोप रणनीतिमा सुधार ल्याउन सक्छ र भविष्यमा बुस्टर डोजको कम आवश्यकता पर्न सक्छ ।
यो अध्ययन अस्ट्रेलियाको गार्भान इन्स्टिच्युट र किर्बी इन्स्टिच्युट (न्यु साउथ वेल्स विश्वविद्यालय) ले संयुक्त रूपमा गरेको हो । अध्ययनको प्रतिवेदन सेल जर्नलमा प्रकाशित भइसकेको छ । पहिलो खोप लगाउँदाखेरि नै शरीरमा रोगसँग लड्ने कोषहरू पहिले नै तयार भइसकेका हुन्छन् ।
पहिलो खोप लगाएकै हातमा दोस्रो खोप लगाउँदा यी कोषहरू तुरुन्तै सक्रिय हुन्छन् र द्रुत रूपमा शक्तिशाली एन्टिबडीहरू उत्पादन गर्छन् । अनुसन्धानकर्ताहरूले पहिलो पटक मुसामा यो प्रभाव अवलोकन गरेका थिए । त्यसपछि उनीहरूले फाइजरको कोभिड–१९ खोप लगाएका ३० जना व्यक्तिहरूमा अध्ययन गरे ।
यस अध्ययनमा, उनीहरूले एउटै हातमा खोपको दुवै डोज लिने मानिसहरूमा विशेष गरी डेल्टा र ओमिक्रोन जस्ता कोभिड–१९ का विभिन्न प्रकारहरू विरुद्ध छिटो र बढी सुरक्षा विकास भएको पत्ता लगाए ।
यो हाम्रो रोग प्रतिरोधात्मक क्षमताले कसरी काम गर्छ भन्नेबारे एक महत्त्वपूर्ण खोज भएको गारभान इन्स्टिच्युटको प्रेसिजन इम्युनोलोजी कार्यक्रमका निर्देशक ट्राई फ्यानले भनेका छन् । तर, ४ हप्ता पछि दुवै समूहमा एन्टिबडीको स्तर लगभग बराबर थियो ।
एउटा पाखुरामा मात्र खोप प्राप्त गर्नेहरूले पहिले नै सुरक्षा पाए, जुन महामारीको समयमा धेरै महत्त्वपूर्ण छ । कसैले दुई थरी हातमा खोप लगाएको भए पनि आत्तिनु नपर्ने अध्ययनका अर्का लेखक मी लिंग मुनियरले भने । समयसँगै सुरक्षामा भिन्नता घट्दै जान्छ । तर महामारीको समयमा, केही दिन पनि धेरै महत्त्वपूर्ण हुन सक्ने उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण