बुधबार, १४ जेठ २०८२
ताजा लोकप्रिय

प्रधानमन्त्रीले ‘जेठ १५ मा काठमाडौँ एमालेको कब्जामा’ भन्ने शब्द प्रयोग नगर्नुभएको भए राम्रो हुन्थ्यो : कांग्रेस

सोमबार, १२ जेठ २०८२, १२ : १२
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री ओलीको भनाइलाई सामान्य रूपमा लिएको बताए।
  • प्रधानमन्त्री ओलीले एमालेलाई काठमाडौं नियन्त्रणमा राख्न निर्देशन दिएको र कांग्रेसले यसलाई गणतन्त्र दिवससँग जोडेको छ।
  • घिमिरेले कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीहरूले राजीनामा गर्नुपर्ने अवस्था आउने बताए।

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक सार्वजनिक कार्यक्रममा राखेको धारणालाई कांग्रेसले सामान्य रूपमा लिएको बताएका छन् ।

शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूले सोही विषयमा प्रधानमन्त्रीले यस्तो भन्न मिल्छ भन्दै जिज्ञासा राखेका थिए । 

प्रमुख सचेतक घिमिरेले भने, ‘उहाँले गणतन्त्र दिवस मनाउने सन्दर्भमा भन्न खोज्नुभएको हो । गणतन्त्र दिवस मनाउनका लागि यति संख्यामा यहाँ जम्मा हुनुपर्छ । यहाँ एमालेबाहेक केही पनि नदेखियोस् भन्नुभयो । एमाले नभनेको भए हुन्थ्यो । उहाँले नेपाली जनता, गणतन्त्रका पक्षधर बाहेक अरू कोही नदेखियोस् भन्नुभएको भए हुन्थ्यो । अलिकति बोल्ने क्रममा एमाले भन्ने शब्द प्रयोग गर्नुभयो । त्यो शब्दलाई गणतन्त्रवादी नेपाली जनता भन्नुभएको भए राम्रो हुन्थ्यो । काँग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सामान्य रूपमा लिएका छौँ ।’

उनले कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीले राजीनामा गर्न थाल्ने हो भने एउटा पनि मन्त्री बाँकी नरहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप