मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

च्याम्पियन्स लिगको जितपछि पेरिसमा प्रहरी र पीएसजीका समर्थकहरूबिच झडप

आइतबार, १८ जेठ २०८२, १२ : ०९
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • पेरिसमा पीएसजीका समर्थकहरूले च्याम्पियन्स लिगको जितको उत्सव मनाउँदा प्रहरी र समर्थकहरूबीच झडप भयो।
  • झडपमा करिब ३०० जना पक्राउ परे, जसमध्ये धेरैलाई पटाका र तोडफोडको आरोप लगाइएको थियो।
  • उत्सव मनाउने क्रममा सम्भावित अराजकतालाई नियन्त्रण गर्न ५,४०० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो।

पेरिस । फ्रान्सको पेरिसमा प्रहरी र पेरिस सेन्ट–जर्मेन (पीएसजी) का समर्थकहरूबिच झडप भएपछि प्रहरीले करिब ३०० जनालाई पक्राउ गरेको छ । पीएसजीका समर्थकहरू च्याम्पियन्स लिगको फाइनलमा आफ्नो जितको उत्सव मनाइरहेका बेला यी झडप भएका थिए ।

पीएसजीको स्टेडियम पार्क डेस प्रिन्सेस र च्याम्प्स–एलिसेस क्षेत्रमा लगभग ५० हजार मानिस ठुला स्क्रिनमा खेल हेरिरहेका थिए । जितपछि केही मानिसहरूले पटाका पड्काएको, बस स्टपहरू तोडफोड गरेका र सवारी साधनमा आगजनी गरेका थिए । 

यी घटनामा प्रहरीले करिब ३०० जनालाई पक्राउ गरेको छ । यीमध्ये धेरैजसो मानिसहरूलाई पटाका राखेको र तोडफोड गरेको आरोपमा पक्राउ गरिएको थियो । उत्सव मनाउने क्रममा सम्भावित अराजकतालाई ध्यानमा राख्दै पेरिसमा ५ हजार ४०० भन्दा बढी प्रहरी तैनाथ गरिएको थियो ।

धेरै ठाउँमा प्रहरी र भीडबिच झडप पनि भयो । भीडलाई रोक्न पानीको फोहोरा र अश्रुग्याँसको समेत प्रयोग गरिएको थियो । पीएसजीले च्याम्पियन्स लिगको फाइनल जित्यो र पहिलो पटक युरोपको सबैभन्दा ठुलो ट्रफि उचाल्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप