झलनाथ र मोहनविक्रमबिच भेट, वामपन्थी एकतामा जोड
सोमबार, १९ जेठ २०८२, १३ : ३३

समाचार सारांश
- पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भेटघाट भयो।
- भेटमा पछिल्लो राजनीतिक अवस्था, वामपन्थी एकता र दक्षिणपन्थी प्रवृत्तिबारे छलफल भयो।
- दुवै नेताले वामपन्थी पार्टीहरू क्रान्तिकारी धारमा अघि बढ्नुपर्नेमा जोड दिँदै मोर्चा र एकताको आवश्यकता औंल्याए।
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबिच भेटघाट भएको छ ।
सोमबार बिहान वनस्थलीस्थित सिंहको निवासमा दुई नेताबिच पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा छलफल भएको बताइएको छ ।
‘उहाँहरूबिच यथास्थितिवाद, पुनरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका दक्षिणपन्थी भड्काउहरूका विषयमा चर्चा र छलफल भयो’, खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भनेका छन् ।
भट्टराईले वामपन्थीहरू क्रान्तिकारी धारमा अगाडि बढ्नुपर्ने समयमा ठुला भनिने वामपन्थी पार्टीहरू नै दक्षिणपन्थी भड्काउमा लागेको प्रति दुवै नेताले चिन्ता व्यक्त गरेको पनि बताए । साथै उनीहरूले वाम पार्टीहरू मोर्चा हुँदै एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : कोशी र मधेस प्रदेशमा धेरै वर्षाको सम्भावना
-
पक्की सडकले सुगम बने पर्वतका ग्रामीण बस्ती
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहाेस् राशिफल
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एक ढिक्का भएर लाग्न जरुरी: सभामुख
-
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस