झलनाथ र मोहनविक्रमबिच भेट, वामपन्थी एकतामा जोड
सोमबार, १९ जेठ २०८२, १३ : ३३
सारांश
- पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भेटघाट भयो।
- भेटमा पछिल्लो राजनीतिक अवस्था, वामपन्थी एकता र दक्षिणपन्थी प्रवृत्तिबारे छलफल भयो।
- दुवै नेताले वामपन्थी पार्टीहरू क्रान्तिकारी धारमा अघि बढ्नुपर्नेमा जोड दिँदै मोर्चा र एकताको आवश्यकता औंल्याए।
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबिच भेटघाट भएको छ ।
सोमबार बिहान वनस्थलीस्थित सिंहको निवासमा दुई नेताबिच पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा छलफल भएको बताइएको छ ।
‘उहाँहरूबिच यथास्थितिवाद, पुनरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका दक्षिणपन्थी भड्काउहरूका विषयमा चर्चा र छलफल भयो’, खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भनेका छन् ।
भट्टराईले वामपन्थीहरू क्रान्तिकारी धारमा अगाडि बढ्नुपर्ने समयमा ठुला भनिने वामपन्थी पार्टीहरू नै दक्षिणपन्थी भड्काउमा लागेको प्रति दुवै नेताले चिन्ता व्यक्त गरेको पनि बताए । साथै उनीहरूले वाम पार्टीहरू मोर्चा हुँदै एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण