नेपाल बीमा प्राधिकरणमा इजलास सुरु
बिहीबार, २२ जेठ २०८२, १४ : ४५
सारांश
- नेपाल बीमा प्राधिकरणले ललितपुरमा बीमा दाबीसम्बन्धी उजुरी सुनुवाइका लागि इजलास सञ्चालन सुरु गरेको छ।
- प्राधिकरणका अध्यक्ष शरद ओझाले उजुरी छिटो फर्छ्यौट गर्ने प्रतिबद्धता जनाएका छन्, जसअनुसार इजलास स्थापना गरिएको हो।
- अध्यक्ष ओझाको अध्यक्षतामा बसेको इजलासमा सञ्चालक समिति सदस्य र कानुन व्यवसायीको सहभागितामा बीमा दाबीसम्बन्धी बहस भयो।
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि ललितपुरस्थित प्राधिकरणको केन्द्रीय कार्यालय आजदेखि इजलास सञ्चालनमा ल्याएको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजुरीहरू शीघ्रताका साथ फर्छ्यौट गर्दै जाने प्रतिबद्धता जनाउनुभए अनुसार छुट्टै कक्ष स्थापना गरी इजलास सञ्चालनमा ल्याइएको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका सञ्चालक समितिका सदस्यहरू मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजलास बसेको छ ।
प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजुरी माथि इजलासमा पक्ष तथा विपक्षका कानुन व्यवसायीहरूबाट बहस भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण