शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

नेपाल बीमा प्राधिकरणमा इजलास सुरु

बिहीबार, २२ जेठ २०८२, १४ : ४५
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • नेपाल बीमा प्राधिकरणले ललितपुरमा बीमा दाबीसम्बन्धी उजुरी सुनुवाइका लागि इजलास सञ्चालन सुरु गरेको छ।
  • प्राधिकरणका अध्यक्ष शरद ओझाले उजुरी छिटो फर्छ्यौट गर्ने प्रतिबद्धता जनाएका छन्, जसअनुसार इजलास स्थापना गरिएको हो।
  • अध्यक्ष ओझाको अध्यक्षतामा बसेको इजलासमा सञ्चालक समिति सदस्य र कानुन व्यवसायीको सहभागितामा बीमा दाबीसम्बन्धी बहस भयो।

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि ललितपुरस्थित प्राधिकरणको केन्द्रीय कार्यालय आजदेखि इजलास सञ्चालनमा ल्याएको छ । 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजुरीहरू शीघ्रताका साथ फर्छ्यौट गर्दै जाने प्रतिबद्धता जनाउनुभए अनुसार छुट्टै कक्ष स्थापना गरी इजलास सञ्चालनमा ल्याइएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका सञ्चालक समितिका सदस्यहरू मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजलास बसेको छ ।

प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजुरी माथि इजलासमा पक्ष तथा विपक्षका कानुन व्यवसायीहरूबाट बहस भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप