इजरायलले बेरुतमाथि गर्यो हवाई आक्रमण
सारांश
- इजरायलले लेबनानको बेरुत शहरमा हवाई आक्रमण गरेको छ, हिज्बुल्लाहको ड्रोन उत्पादन गर्ने आधारलाई निशाना बनाएको दाबी गर्दै।
- आक्रमण ईद-उल-अजहाको पर्वको अघिल्लो दिन भएको थियो, जसमा लेबनानका प्रधानमन्त्री र राष्ट्रपतिले निन्दा गरेका छन्।
- इजरायली सेनाका अनुसार, यो आक्रमण लेबनान र इजरायलबीचको सम्झौताको उल्लङ्घन हो, हिजबुल्लाहले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
तेल अभिभ । इजरायलले लेबनानको बेरुत शहरको दक्षिणी क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । आफूले हिज्बुल्लाहको ड्रोन उत्पादन गर्ने आधारहरूलाई निशाना बनाएर यी आक्रमणहरू गरेको इजरायलले भनेको छ । आक्रमण बिहीबार राति भएको थियो ।
यो ईद–उल–अजहाको पर्वको अघिल्लो दिन थियो । यो आक्रमण अघि, मानिसहरूलाई यो क्षेत्र खाली गर्न चेतावनी दिइएको थियो । बेरुतमा यो क्षेत्रलाई हिज्बुल्लाहको गढ मानिन्छ । उनीहरूले हिज्बुल्लाहको एउटा टोली पहिचान गरेका र यिनीहरूले जमिनमुनि हजारौं ड्रोन बनाउँदै रहेको पनि इजरायली रक्षा बलले दाबी गरेको छ। ।
इजरायल र हिज्बुल्लाह बीच विगत छ महिनादेखि युद्धविराम भएको समयमा यो आक्रमण भएको हो । लेबनानका प्रधानमन्त्री नवाफ सलामले यो आक्रमणको निन्दा गरेका छन् । ‘म यी आक्रमणहरूलाई हाम्रो देशको सुरक्षा, स्थिरता र अर्थतन्त्रमाथि सुनियोजित आक्रमण ठान्छु, विशेष गरी चाडपर्व र पर्यटकीय मौसमको ठिक अगाडि ।’ उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन् ।
लेबनानका राष्ट्रपति जोसेफ आउनले यी आक्रमणहरूलाई अन्तर्राष्ट्रिय सम्झौताहरूको घोर उल्लङ्घन भनेका छन् । आक्रमण पवित्र धार्मिक पर्वको पूर्वसन्ध्यामा भएको उनले बताएका छन् । हिजबुल्लाहले ठूलो मात्रामा ड्रोन प्रयोग गरिरहेको र यो इजरायलमाथि आक्रमण गर्ने एक महत्त्वपूर्ण तरिका बनेको इजरायली सेनाले भनेको छ ।
यस बाहेक, इजरायली सेनाले यसलाई लेबनान र इजरायलबिचको सम्झौताको उल्लङ्घन भनेको छ । आक्रमणबारे हिजबुल्लाहबाट अहिलेसम्म कुनै बयान भने आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण