अमेरिकाबाट डिपोर्ट भएकासँग मानव बेचबिखन ब्युरोको सोधपुछ
सारांश
- अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपालीहरुसँग प्रहरीले सोधपुछ सुरु गरेको छ। त्रिभुवन विमानस्थलमा ओर्लिएपछि मानव बेचबिखन ब्युरोले उनीहरुसँग सोधपुछ थालेको हो।
- फर्किएकाहरूमा ३२ पुरुष र ५ महिला छन्, जसलाई अमेरिका पठाउने गिरोहबारे अनुसन्धान गर्न डीएसपीको नेतृत्वमा टोली खटाइएको छ।
- यसअघि टेक्सासबाट फर्केका ९ नेपालीले सूचना दिन नमानेको र ट्रम्पको कार्यकालमा डिपोर्ट हुने नेपालीको संख्या १६३ पुगेको छ।
काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएका फर्किएका ३७ जना नेपालीहरूसँग प्रहरीले सोधपुछ थालेको छ । विमानस्थलमा उनीहरूसँग सोधपुछ सुरु गरिएको मानव बेचबिखन ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
चार्टर्ड विमानमार्फत त्रिभुवन विमानस्थलमा अवतरण हुनेमा ३२ जना पुरुष र ५ जना महिला छन् । उनीहरूलाई अमेरिका पठाउने गिरोहबारे सोधपुछ गर्न डीएसपीको नेतृत्वमा टिम पठाइएको ब्युरोका ती अधिकृतले जानकारी दिए । तर, यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट फर्केका ९ जना नेपालीले पनि आफूलाई अमेरिका पठाउने व्यक्तिबारे जानकारी दिन अस्वीकार गरेका थिए ।
आइतबार आएकाहरूसँगै ट्रम्पले शासन सम्हालेपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सङ्ख्या १६३ जना पुगेको छ । ब्युरोका एसपी नरेन्द्र कुँवरले सोधपुछ गरेर उनीहरूलाई घर पठाइने जानकारी दिए । उनले भने, ‘गिरोहबारे कुने सूचना आउँछ भनेर हामीले सोधपुछ गर्न खोजेका हौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण