सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
डिपोर्ट

अमेरिकाबाट डिपोर्ट भएकासँग मानव बेचबिखन ब्युरोको सोधपुछ

आइतबार, २५ जेठ २०८२, २१ : ३४
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपालीहरुसँग प्रहरीले सोधपुछ सुरु गरेको छ। त्रिभुवन विमानस्थलमा ओर्लिएपछि मानव बेचबिखन ब्युरोले उनीहरुसँग सोधपुछ थालेको हो।
  • फर्किएकाहरूमा ३२ पुरुष र ५ महिला छन्, जसलाई अमेरिका पठाउने गिरोहबारे अनुसन्धान गर्न डीएसपीको नेतृत्वमा टोली खटाइएको छ।
  • यसअघि टेक्सासबाट फर्केका ९ नेपालीले सूचना दिन नमानेको र ट्रम्पको कार्यकालमा डिपोर्ट हुने नेपालीको संख्या १६३ पुगेको छ।

काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएका फर्किएका ३७ जना नेपालीहरूसँग प्रहरीले सोधपुछ थालेको छ । विमानस्थलमा उनीहरूसँग सोधपुछ सुरु गरिएको मानव बेचबिखन ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

चार्टर्ड विमानमार्फत त्रिभुवन विमानस्थलमा अवतरण हुनेमा ३२ जना पुरुष र ५ जना महिला छन् । उनीहरूलाई अमेरिका पठाउने गिरोहबारे सोधपुछ गर्न डीएसपीको नेतृत्वमा टिम पठाइएको ब्युरोका ती अधिकृतले जानकारी दिए । तर, यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट फर्केका ९ जना नेपालीले पनि आफूलाई अमेरिका पठाउने व्यक्तिबारे जानकारी दिन अस्वीकार गरेका थिए । 

आइतबार आएकाहरूसँगै ट्रम्पले शासन सम्हालेपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सङ्ख्या १६३ जना पुगेको छ । ब्युरोका एसपी नरेन्द्र कुँवरले सोधपुछ गरेर उनीहरूलाई घर पठाइने जानकारी दिए । उनले भने, ‘गिरोहबारे कुने सूचना आउँछ भनेर हामीले सोधपुछ गर्न खोजेका हौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप