कुन प्रदेशको बजेट कति बजे ?
आइतबार, ०१ असार २०८२, ०९ : ३१
सारांश
- प्रदेश सरकारहरूले आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दैछन्।
- असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार सबै प्रदेशले बजेट प्रस्तुत गर्दैछन्।
- कोशी, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशले दिउँसो ३ बजे, मधेस र गण्डकीले ४ बजे, तथा सुदूरपश्चिमले ५ बजे बैठक बोलाएका छन्।
काठमाडौँ । प्रदेश सरकारहरूले आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छन् । असार १ गते बजेट ल्याउनै पर्ने कानुनी व्यवस्था अनुसार सातै प्रदेशले प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
आज चार प्रदेशले दिउँसो ३ बजेका लागि प्रदेशसभा बोलाएका छन् । कोशी प्रदेश, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश सो समयमा बैठक आह्वान गरेका छन् ।
त्यस्तै, २ प्रदेशले अपराह्न ४ बजे बैठक बोलाएका छन् । मधेस र गण्डकीले सो समयमा बजेट सार्वजनिक गर्नेछन्
सुदूरपश्चिम प्रदेशले भने बेलुकी ५ बजेका लागि बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण